काठमाडौं । नेपाल र भारतमा एकैपटक प्रदर्शनमा आएको प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेम गीत- ३’ ओटीटी प्लेटफर्म सिनेमाघरमा उपलब्ध भएको छ । विश्वभरबाट हेर्न सकिने गरी हालै यो चलचित्र सिनेमाघर एपमा उपलब्ध भएको हो ।
यस अन्तर्गत नेपालबाट १९९ रुपैयाँ र विदेशबाट दुई डलर भुक्तानी गरेर ‘प्रेम गीत- ३’ हेर्न सकिने छ ।
आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन् । नेपाली र हिन्दी दुवै भाषामा एकैसाथ प्रदर्शनमा आउने यो पहिलो चलचित्र समेत हो ।
चलचित्रमा प्रदिपसँगै क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, पुस्कर कार्कीलगायतको अभिनय छ ।
सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खरेलले एपबाहेक वेब ब्राउजरमा समेत अकाउन्ट बनाई चलचित्र हेर्न सकिने सुविधा ल्याएको जानकारी दिए ।