close

नेपालमा बाढी पहिरो सम्बन्धी सही सूचना दिन टिकटकमै ईन-एप फिचर सुरु

टेकपाना टेकपाना

कात्तिक ३, २०८१ १४:९

नेपालमा बाढी पहिरो सम्बन्धी सही सूचना दिन टिकटकमै ईन-एप फिचर सुरु

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोको प्रतिक्रियास्वरूप टिकटकले प्रयोगकर्तालाई समयमै सही सूचनाको पहुँच सुनिश्चित गर्न इन-एप फिचर सुरु गरेको छ ।

यस अन्तर्गत नेपाली र अंग्रेजी दुवै भाषामा बाढी सम्बन्धित किवर्डहरू सर्च गर्ने प्रयोगकर्तालाई नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को आधिकारिक वेबसाइटमा पुर्‍याइने कम्पनीले जनाएको छ ।

यसबाहेक व्यक्तिगत तथा सामुदायिक सुरक्षाबारे थप जानकारी र सुझावका लागि प्रयोगकर्ताले 'दुःखद सुरक्षा केन्द्र' (Tragic safety center) को सहयोग लिन सक्नेछन् । यस पहलबाट प्राकृतिक प्रकोपको समयमा विश्वसनीय स्रोतहरूबाट आधिकारिक अपडेट तथा निर्देशन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

विशेषतः आपतकालीन अवस्थामा भ्रम वा सम्भावित खतरा निम्त्याउन सक्ने गलत सूचनाको प्रसारलाई न्यूनीकरण गर्ने सोच अनुसार यो पहल सुरु भएको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८१ १४:२१