close

ट्राफिक नियम उल्लङ्घन गर्नुभयो ? नागरिक एप प्रयोग गरी यसरी तिर्नुहोस् जरिवाना

टेकपाना टेकपाना

कात्तिक ३, २०८१ १६:१०

ट्राफिक नियम उल्लङ्घन गर्नुभयो ? नागरिक एप प्रयोग गरी यसरी तिर्नुहोस् जरिवाना

काठमाडौं । सवारी चालक अनुमतिपत्र बोक्नै नपर्ने गरी नागरिक एपमा हालै नयाँ अपडेट आएको छ । यस अपडेटपछि नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र देखाए पुग्छ ।

यसभन्दा पनि अघि बढेर सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरेको छ । नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुनेछ ।

यी काम कसरी हुन्छ ? आज हामी त्यसबारे चर्चा गर्नेछौं :

  • सबैभन्दा सुरुमा त तपाईंले नागरिक एप आफ्नो मोबाइल फोनमा डाउनलोड गरी आफ्नो अकाउन्ट खोल्नुपर्छ ।
  • यसपछि ‘अल सर्भिसेस’ सेक्सनमा ‘ड्राइभिङ लाइसेन्स’ भन्ने विकल्प देख्नुहुन्छ । त्यसमा क्लिक गरेर आफ्नो ड्राइभिङ लाइसेन्स नम्बर प्रविष्ट गर्नुहोस् ।
  • यति गरेपछि अब क्यूआर कोडसहितको लाइसेन्स देख्नुहुन्छ । यसका साथै ‘violation records’ सेक्सनमार्फत तपाईंले अहिलेसम्म उल्लङ्घन गरेका सवारी नियम तथा तिर्नुभएको जरिवाना देखिन्छ ।
  • उक्त क्यूआर कोडलाई ट्राफिक प्रहरीले नेपाल सरकारको ई-चलानमार्फत (नेपाल प्रहरीको एप) स्क्यान गर्छन् ।
  • यदि तपाईं सवारी नियम उल्लङ्घनमा पर्नुभएको छ भने चिट नम्बर, जरिवाना रकम र उल्लङ्घन गरेको नियमसहितको नोटिफिकेसन जान्छ ।
  • यसपछि तपाईंले ट्राफिक प्रहरीले चिट काटेको सम्बन्धित ठाउँमै डिजिटल भुक्तानी गर्न सक्नुहुन्छ । यसका लागि ‘पे नाउ’ भन्ने विकल्प दिइएको छ ।
  • उक्त बटनमा ट्याप गरेपछि भौचर नम्बर तयार हुन्छ । अब तपाईंले उक्त भौचर नम्बर अथवा चिट नम्बर मोबाइल बैंकिङ तथा डिजिटल वालेटमा राखेर तत्कालै भुक्तानी गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले भौतिक लाइसेन्स नबोकिकन नागरिक एपमार्फत लाइसेन्ससम्बन्धी काम गर्न सक्नुहुन्छ । यसका लागि नागरिक एपले यातायात व्यवस्था विभागको सिस्टममा रहेको रेकर्ड देखाउने गर्छ । अनि तपाईंले लाइसेन्स जाँच्न नेपाल प्रहरीको एपमा क्यूआर स्क्यानर समेत राखिएको छ । सो स्क्यानरबाट मात्रै नागरिक एपको ड्राइभिङ लाइसेन्ससम्बन्धी क्यूआर स्क्यान गर्न सकिने बताइएको छ । 

सम्बन्धित सामग्री: 

नागरिक एप प्रयोग गर्ने सजिलो तरिका

नागरिक एपमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्ने तरिका

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८१ १६:२४