काठमाडौं । सेरेस ब्राण्डको विद्युतीय कारमा आगलागी भएको छ । काठमाडौंको सितापाइलामा सडक छेउमा पार्किङमा राखिएको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको सेरेस थ्री ईभीमा आगो लागेको हो ।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कारको अधिकांश भाग क्षतिग्रस्त भएको सीआरभी सितापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले टेकपानालाई जानकारी दिए । उनका अनुसार तार शर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।