काठमाडौं । सुपरहिट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीको कथावस्तुले मेल खाएको भन्दै चर्चामा आएको उपन्यास ‘सङ्ग्रामपुर’को अडियोबुक युट्युबमा सार्वजनिक भएको छ । उपन्यास तथा कथा वाचक अच्युत घिमिरेले सोमबार दिउसो यसको अडियोबुक आफ्नो युट्युब च्यानल ‘बुलबुक कम्युनिकेसन’मा पब्लिश गरेका हुन् ।
घिमिरेका अनुसार अडियोबुकका लागि उनले एकै दिन सबैभन्दा लामो समय वाचन गरेको यो नै पहिलो उपन्यास हो । “धेरै माग भएपछि रातभर लगाएर रेकर्ड गरेको छु,” टेकपानासँग कुराकानीमा घिमिरेले भने, “पाँच घण्टा रेकर्ड गर्दा पुस्तकको आधा र पाँच पेज सकिएको छ । अब आधा बाँकी छ । मङ्गबार साँझसम्म अर्को भाग आउँछ ।”
सिनेमाघरमा प्रदर्शन भइरहेको सो चलचित्रको कथा उपन्याससँग मिलेको भन्दै विवादित भएपछि धेरैले उक्त पुस्तक बढ्न खोजेका थिए । तर, बजार र प्रकाशकसँग पुस्तक अभाव भएकाले अडियोबुकलाई विकल्प बनाइएको हो ।
घिमिरेले डा. बस्यालबाट अनुमति लिएर उनको उपन्यासलाई अडियो बुकको रूपमा युट्युबमा सार्वजनिक गरेका हुन् । पाँच घण्टाको सो अडियो बुक सुन्न यहाँ क्लिक गर्नु होस् ।