close

सामाजिक सञ्जालमा भाइरल सचिन परियारको निधन

टेकपाना टेकपाना

पुस १८, २०८१ १३:७

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । सामाजिक सञ्जालबाट भाइरल भएका १३ वर्षीय सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान करिब ११ बजे परियारको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

नशासम्बन्धी रोगबाट पीडित सचिनको निधन के कारणले भएको हो भन्ने खुलिसकेको छैन । उनी केही दिनदेखि आईसीयूमा उपचाररत थिए ।

बाटोमा गीत गाउँदै हिँड्ने गुल्मीका सचिन एउटा युट्युब अन्तर्वार्तापछि एकाएक भाइरल भएका थिए । उनको लबज, गीत गाउने शैली र अभिनयलाई धेरैले मनोरञ्जनका रूपमा लिन्थे ।

भाइरल भएपछि काठमाडौं आएका उनले थुप्रै युट्युब च्यानल र मिडियामा अन्तर्वार्ता दिए । अभिनेता राजेश हमालसँग समेत उनले म्युजिक भिडिओ खेले । विभिन्न टेलिभिजन शो र सिरियलमा पुगे । उनले ‘ओठ खोलेर’, ‘के छ हजुर’, ‘सेतो कपास’, ‘वरको छायाँले’, ‘हान्छु ढुंगाले’ लगायतका गीतमा स्वर दिएका छन् । 

बुवा तेजेन्द्र परियारका अनुसार सचिनको कम्मरमुनिको भाग नचल्ने समस्या देखिएको थियो । छोरा अस्पतालमा भर्ना भएपछि तेजेन्द्रले उपचार खर्चका लागि सहयोगको याचना गरेका थिए ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८१ १४:३४