close

अभद्र व्यवहार कसुरमा आशिका तामाङ पक्राउ

टेकपाना टेकपाना

माघ २, २०८१ १४:५९

अभद्र व्यवहार कसुरमा आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो तामाङलाई उनको स्वयम्भुस्थित कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार आशिका विरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो । उजुरीमा कोषका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीकहाँ लगिएको छ। 

पक्राउ पर्नुअघि तामाङले सामाजिक सञ्जालमा एक भिडिओ राख्दै प्रहरीले पक्राउ गरेको जानकारी दिएकी थिइन् । सो भिडिओमा तामाङकी सहकर्मीले अदालतबाट जारी गरिएको पक्राउ पुर्जी पढेको देखिन्छ ।

केही दिनअघि तामाङले पशुपति क्षेत्रमा प्रहरीसँग चर्काचर्की गरेको भिडिओ भाइरल भएको थियो ।

पछिल्लो अध्यावधिक: माघ २, २०८१ १५:३५