काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सको बजार मल्याङ्कन ३५० अर्ब डलर (करिब ४८३ खर्ब रुपैयाँ) गरिएको छ । गत साता भएको उक्त मूल्यांकनसँगै कम्पनीले विश्वका ठूला ब्रान्डमा आफ्नो प्रभुत्व जनाएको छ ।
स्पेसएक्सको सेकेन्डरी शेयरको पछिल्लो बिक्रीको आधारमा मूल्याङ्कन गरिएको हो । सीएनबीसीका अनुसार कम्पनीका लगानीकर्ता र बोर्ड सदस्यहरूले प्रतिशेयर १८५ डलर मूल्यमा १.२५ अर्ब डलर (एक खर्ब ७२ अर्ब रूपैयाँ) नयाँ शेयर खरिद गर्न स्वीकृत गरेका थिए । कम्पनीसँग भएका शेयरहरू नयाँ पूँजी विस्तारका लागि प्रयोग नभएको बताइएको छ ।
उक्त शेयर खरिदले कम्पनीको आर्थिक अवस्था राम्रो रहेको समेत संकेत गरेको छ । यसअघि गत जुनमा कम्पनीको मूल्याङ्कन २१० अर्ब डलर गरिएको थियो । त्यसयता कम्पनीको बजार मूल्याङ्कन ६७ प्रतिशतले वृद्धि भएको हो ।
पछिल्लो मूल्याङ्कनका अनुसार स्पेस एक्सले संसारका चर्चित लक्जरी ब्रान्डहरूलाई पनि उछिनेको छ । लुई भितन, मोइट इनिसी, ट्याग होयोया जस्ता ब्नान्ड रहेको फ्रान्सेली लक्जरी ब्रान्ड कम्पनी एलभीएमचको हालको मूल्याङ्कन ३४७ अर्ब डलर रहेको छ ।
यस्तै कोका-कोलाको बजार मूल्याङ्कन २७४ अर्ब डलर छ । म्याक डोनाल्डको बजार मूल्याङ्कन २१५ अर्ब डलर रहेको छ ।
कम्पनीको बजार मूल्याङ्कन ३५० अर्ब पुगेपछि सामाजिक सञ्जाल एक्समा मस्कले स्पेसएक्सको मूल्याङ्कन पुग्दा पनि कुनै लगानीकर्ताले शेयर बेच्न नचाहेको बताएका थिए । उनले कम्पनीमा नयाँ लगानीकर्ता भित्र्याउन कर्मचारीबाट पनि केही शेयर खरिद गरेका थिए ।