close

च्याटजीपीटीमा आयो अकाउन्ट बिनै सर्च गर्ने सुविधा

टेकपाना टेकपाना

माघ २४, २०८१ १२:३१

च्याटजीपीटीमा आयो अकाउन्ट बिनै सर्च गर्ने सुविधा

काठमाडौं । च्याटजीपीटीको सर्च टुल प्रयोग गर्न अब अकाउन्ट आवश्यक नपर्ने भएको छ । च्याटजीपीटी निर्माता ओपनएआईले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै नयाँ फिचर घोषणा गरेको हो । यससँगै च्याटजीपीटीले अब अकाउन्ट साइनअप नभए पनि इन्टरनेटबाट जानकारी खोजेर उपलब्ध गराउने छ ।

च्याटजीपीटीले यो फिचर पहिलो पटक शुल्क तिर्ने प्रयोगकर्ताका लागि उपलब्ध गराएको थियो । त्यसपछि गत डिसेम्बरमा सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको थियो । तर, यो फिचर प्रयोग गर्न अकाउन्ट साइनअप गर्नुपर्ने बाध्यता थियो । यसैलाई हटाउँदै कम्पनीले बुधबारदेखि अकाउन्ट नै नचाहिने बनाएको छ । 

अर्को एआई टुल पर्प्लेक्सिटीले पनि अकाउन्टबिनै सर्च इन्जिन फिचर प्रयोग गर्ने अनुमति दिएको छ । पछिल्लो समय उक्त टुलले ट्रिप एड्भाइजरबाट पनि जानकारी लिन मिल्ने फिचर उपलब्ध गराएको छ ।

गुगलको सर्च फिचर प्रयोग गर्नका लागि कुनै अकाउन्ट आवश्यक पर्दैन । त्यसैबाट प्रभावित भएर च्याटजीपीटीमा यो फिचर सबैका लागि उपलब्ध गराएको बताइएको छ । यो फिचर ब्राउजरमा chat.com वा chatgpt.com ब्राउज गरी तल च्याटबक्समा भएको सर्चको अप्सन छानेर प्रयोग गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: माघ २४, २०८१ १२:४०