close

ओपनएआई खरिद गर्ने मस्कको प्रस्तावमा अल्टम्यानको जवाफ: बरु म ‘एक्स’ किन्न चाहन्छु

टेकपाना टेकपाना

माघ २९, २०८१ १८:२५

ओपनएआई खरिद गर्ने मस्कको प्रस्तावमा अल्टम्यानको जवाफ: बरु म ‘एक्स’ किन्न चाहन्छु

 

काठमाडौं । ओपनएआईका सीईओ साम अल्टम्यान र एलन मस्कबीचको विवाद नयाँ मोडमा प्रवेश गरेको छ । मस्कको ओपनएआई खरिद गर्ने प्रस्तावलाई अस्वीकार गर्दै अल्टम्यानले उल्टै मस्कको सामाजिक सञ्जाल एक्सलाई ९.७४ अर्ब डलरमा खरिद गर्ने इच्छा व्यक्त गरेका छन् ।

मस्कले २०२२ मा ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गरेर ‘एक्स’ नाममा रिब्रान्ड गरेका थिए । हालै मस्कले ओपनएआईलाई ९७.४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए । मस्कका वकिलका अनुसार मस्कले ओपनएआईलाई आफ्नो एआई स्टार्टअप र लगानी संस्थाहरूको सहयोगमा पुनः गैर-नाफामूलक संस्थाका रूपमा पुनर्स्थापित गर्न चाहेका थिए ।

यो विवाद ओपनएआईको नेतृत्व र भविष्यको बारेमा मस्क र अल्टम्यान बीचको बढ्दो तनावसँगै आएको छ । सन् २०१५ मा ओपनएआईको स्थापनासँगै मस्क र अल्टम्यानले एआई प्रविधि मानवताको फाइदाका लागि विकास गर्ने उद्देश्य राखेका थिए । तर पछि मस्कले बोर्डबाट राजीनामा दिएपछि विवाद सुरु भयो । २०२३ मा मस्कले ओपनएआईको एआई अनुसन्धान र व्यावसायिक साझेदारीका विषयमा क्यालिफोर्नियामा मुद्दा दायर गरेका थिए ।

ओपनएआईको भविष्य र अनुसन्धानबारेको विवाद अझ बढेको छ । २०२३ को अन्त्यमा अल्टम्यानलाई पदबाट हटाइए पनि उनी पुनः पदमा फर्किएका थिए । यस बीचको विवाद भविष्यमा अझ जटिल हुन सक्छ ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८१ १८:२५