close

‘नथिङ थ्रीए’ को प्रि-बुकिङ गर्ने पहिलो १०० ग्राहकलाई साढे ११ हजार मूल्य पर्ने स्मार्टवाच उपहार

टेकपाना टेकपाना

फागुन २०, २०८१ १९:६

‘नथिङ थ्रीए’ को प्रि-बुकिङ गर्ने पहिलो १०० ग्राहकलाई साढे ११ हजार मूल्य पर्ने स्मार्टवाच उपहार

काठमाडौं । नेपाली बजारमा स्मार्टफोन ब्रान्ड नथिङ थ्रीए सिरिजको प्रि-बुकिङ खुलेको छ । ​यस सिरिज अन्तर्गत नथिङ थ्रीए र थ्रीए प्रो मोडेल रहेकोमा कम्पनीले आजदेखि ​नथिङ थ्रीए को प्रि-बुकिङ खुलाएको हो ।

कम्पनीका अनुसार मार्च १० (आगामी सोमबार)सम्म नथिङ थ्रीए को प्रि-अर्डर लिइनेछ भने मार्च ११ (मंगलबार) देखि ग्राहकलाई डेलिभरी सुरु गरिनेछ । प्रि-बुकिङ गर्ने पहिलो १०० ग्राहकले ११ हजार ४९९ रुपैयाँ पर्ने सीएमएफ वाच प्रो उपहारस्वरूप पाउनेछन् ।

नथिङ थ्रीए प्रोको भने मार्च १८ देखि २४ सम्म प्रि-बुकिङ खुल्ने र मार्च २५ देखि डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

नथिङ थ्रीए ८ जीबी+१२८ जीबी तथा १२ जीबी+२५६ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ । यो मोडल कालो, नीलो र सेतो रङमा आउनेछ ।

नथिङ थ्रीए प्रो भने १२ जीबी+२५६ जीबी भेरियन्टमा मात्र उपलब्ध हुनेछ, जुन कालो र खैरो रङमा पाइनेछ ।

दुवै मोडलका स्मार्टफोनमा पछाडि तीन ओटा क्यामेरा छन् । नथिङ थ्रीएमा ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलकै ओआईएस मुख्य सेन्सर र ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा छ भने सेल्फी पारखीका लागि ३२ मेगापिक्सेलको क्यामेरा छ ।

नथिङ थ्रीए प्रोमा ५० मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ५० मेगापिक्सेलकै ओआईएस मुख्य सेन्सर र ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा छ भने सेल्फी पारखीका लागि ५० मेगापिक्सेलको क्यामेरा छ ।

दुवै मोडलमा ३००० निट्स ब्राइटनेससहितको डिस्प्ले छ । यसमा एआई इन्जिनका साथ स्न्यापड्रागन ७ एस जेन प्रोसेसर उपलब्ध गराइएको छ । फोनमा ५००० एमएएच ब्याट्री र ५० वाट फास्ट चार्जिङ सपोर्ट छ । कम्पनीका अनुसार यी स्मार्टफोनले लगातार २६ घण्टाभन्दा बढी युट्युब भिडिओ प्लेब्याक गर्न सक्छन् ।

नथिङ थ्रीए ८ जीबी+१२८ जीबी भेरियन्टको मूल्य ४८ हजार ९९९ रुपैयाँ तोकिएको छ भने १२ जीबी+२५६ जीबी भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै नथिङ थ्रीए प्रो १२ जीबी+२५६ जीबी को मूल्य ६२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८१ १९:२७