कबिरले टेलिनोर ग्रुपअन्तर्गत बंगलादेशमा सञ्चालित ग्रामीणफोनमा अपरेसन्स हेर्ने जिम्मेवारी सम्हालेका थिए । उनले थाइल्यान्डको डीट्याक मोबाइल कम्पनीमा पनि काम गरिसकेका छन् ।
यसअघि उनले नेस्ले बंगलादेश लिमिटेड र केपीएमजी बंगलादेशमा समेत अनुभव बटुलेका छन् । कबिरले बेलायतबाट चार्टर्ड एकाउन्टेन्सी सकेका हुन् भने युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कुलबाट एमबीए गरेका छन् ।
