close

शार्क ट्याङ्क नेपालका सबै एपिसोड युट्युबबाट गायब, १३ औँ एपिसोड युट्युबको साटो टिकटकमा लाइभ

टेकपाना टेकपाना

साउन २९, २०८२ १३:०

शार्क ट्याङ्क नेपालका सबै एपिसोड युट्युबबाट गायब, १३ औँ एपिसोड युट्युबको साटो टिकटकमा लाइभ

काठमाडौँ । शार्क ट्याङ्क नेपालका सबै एपिसोड युट्युबबाट गायब भएका छन् । हिमालय टिभीबाट प्रसारण हुँदै आएको शार्क ट्याङ्क नेपालको हालसम्म १३ ओटा प्रसारण भइसकेका छन् । तर युट्युबमा भने कुनैपनि भिडिओ भेटिँदैनन् ।

१८ असारबाट सुरु भएको शार्क ट्याङ्क नेपालको नाममा  हिमालय टिभीको युट्युब च्यालनमा प्ले लिस्ट राखिएको छ । उक्त प्ले लिस्टमा २७ ओटा भिडिओमध्ये तीन ओटा भिडि‌ओ मात्र सार्वजनिक रूपमा हेर्न मिल्ने गरी राखिएको छ । बाँकी २४ ओटा भिडिओ भने प्राइभेट गरिएको देखिन्छ ।

हिमालय टिभीले पछिल्लो समय शार्क ट्याङ्क नेपालको १३औँ एपिसोड सार्वजनिक गरेको थियो । बुधबार राति ९:३० मा सार्वजनिक उक्त एपिसोड युट्युबमा नभई टिकटकमा लाइभ गरेको थियो ।

योसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत प्राविधिक कारणले १३औँ र १४औँ एपिसोड युट्युबमा राख्न ढिलो हुने जानकारी दिएको थियो । 

यद्यपि पुराना सबै भिडिओ प्राइभेट गर्नुअघि पूर्व सूचना दिइएको थिएन ।

भिडिओ प्राइभेटमा राखेको बारे शार्क ट्याङ्क नेपाल तथा हिमालय टिभीका तर्फबाट आधिकारिक जानकारी आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८२ १४:४७