काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या तथा गालीगलौज गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन् । बुधबार आफैँ साइबर ब्युरो पुगेका महरलाई सरकारी वकिल कार्यालय, काठमाडौँले सामान्य बयान लिएपछि रिहा गर्न आदेश दिएको हो ।
२९ वर्षीया एक युवतीले महरले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोप लगाउँद हुलाकमार्फत ब्युरोमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि जिल्ला अदालत काठमाडौँले ९ भदौमा महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय सञ्चार माध्यमबाट कसैप्रति घृणा वा दोष फैलाउने, महिलालाई जिस्काउने, हैरानी गर्ने वा अपमान गर्ने कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ २०:१८
