close

Breaking - सूचीकृत हुन नआउने सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

टेकपाना टेकपाना

भदौ १९, २०८२ १३:५९

Breaking - सूचीकृत हुन नआउने सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको स्रोतले टेकपानालाई जानकारी दियो ।

सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । यस अवधिमा मन्त्रालयमा पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । त्यसबाहेकका अरू सबै सामाजिक सञ्जाल बन्द गर्ने मन्त्रालयले निर्णय गरेको छ । 

स्रोतका अनुसार आजै नेपाल दूरसरञ्चार प्राधिकरणमार्फत सम्बन्धित सेवाप्रदायकलाई प्रतिबन्धका लागि पत्राचार गरिनेछ ।

सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई सात दिनको म्याद दिएको थियो ।

अहिलेसम्म मन्त्रालयमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

मन्त्रालयको सूचना

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १५:८