close

टिकटक र रेडिटमा चल्यो नेताका सन्तानको विलासी जीवनयापन पर्दाफास गर्ने 'नेपो बेबी' ट्रेन्ड

टेकपाना टेकपाना

भदौ २१, २०८२ ११:५४

टिकटक र रेडिटमा चल्यो नेताका सन्तानको विलासी जीवनयापन पर्दाफास गर्ने 'नेपो बेबी' ट्रेन्ड

काठमाडौँ । अङ्ग्रेजी गीतको धुनमा थरीथरीका आकर्षक इफेक्ट प्रयोग गरिएका भिडिओ जहाँ देखिन्छन् नेता र उनीहरूका सन्तानको कल्पनीय विलासी जीवनशैली । यी भिडिओ सँगसँगै जोडिएका छन् सामान्य जनताका सन्तानले देशमा भोगिरहेका दुःख, अभाव र विदेशमा पसिना बगाउनुपर्ने बाध्यताका कारुणिक दृश्य । यसरी सामाजिक सञ्जालका प्लेटफर्म टिकटक र रेडिटमा यतिखेर #NoMoreCorruption (भ्रष्टाचार चाहिँदैन) र #WakeUpChallenge (जागृत बनौँ अभियान) जस्ता ह्याशट्यागसहित नेताका सन्तानको विलासी जीवनशैली पर्दाफास गर्ने एउटा अभियान चलेको छ ।