close

नेपाली ब्रान्ड जुट फेसनको ई-कमर्स वेबसाइट सार्वजनिक, लुगा-कपडा खरिदमा ३५ प्रतिशतसम्म छुट*

टेकपाना टेकपाना

असोज ५, २०८२ १९:२५

नेपाली ब्रान्ड जुट फेसनको ई-कमर्स वेबसाइट सार्वजनिक, लुगा-कपडा खरिदमा ३५ प्रतिशतसम्म छुट*

काठमाडौँ । नेपाली ब्रान्ड जुट फेसनले आफ्नै ई-कमर्स वेबसाइट सार्वजनिक गरेको छ । पुरुषहरूको फेसनका कपडा तथा सामग्री बिक्री गर्ने सो ब्रान्डले दशैँको अवसर पारेर आइतबारदेखि आफ्नै वेबसाइट सञ्चालनमा ल्याएको हो ।  

उक्त वेबसाइटको नाम zoot.com.np  राखिएको छ । वेबसाइटमार्फत २५ देखि ४५ वर्ष उमेर समूहका पुरुषहरूलाई लक्षित गरेर फेसन सामग्री उपलब्ध गराउने जुट फेसनले जनाएको छ । उक्त वेबसाइटबाट ग्राहकले जुट फेसनका शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट लगायतका सामग्री खरीद गर्न सक्नेछन् । 

वेबसाइटबाट सामान खरिद गर्न सबैभन्दा पहिला आफ्नो नाम र ईमेल आईडी राखेर रजिस्टर गर्नुपर्छ । त्यसपछि लगइन गरेर अनलाइनमार्फत जुट फेसनका आफूले चाहेका सामाग्री अर्डर गर्न सकिन्छ । अर्डर गरेका सामग्रीका लागि क्याश अन डेलिभरी (सीओडी) तथा क्यूआर कोड स्क्यान गरेर अनलाइन मार्फत अग्रिम भुक्तानी गर्न सकिने दुवै विकल्प दिइएको छ । 

वेबसाइट सार्वजनिक तथा चाडपर्वको अवसरमा ग्राहकलाई ३५ प्रतिशतसम्मको छुट उपलब्ध गराइएको ब्रान्डले जनाएको छ । यस्तै पहिलो अर्डरमा थप ५ प्रतिशत छुट पाउन सकिने बताइएको छ । 

-शीर्षक अद्यावधिक गरिएको छ । -सं

 

पछिल्लो अध्यावधिक: असोज ५, २०८२ २२:१४