close

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

टेकपाना टेकपाना

असोज १५, २०८२ ९:३१

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विशेषगरी असोज १७ गते (शुक्रबार) देखि मनसुनी गतिविधि पुनः सक्रिय भई मधेश प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भन्दै ‘रेड अलर्ट’ जारी गरिएको छ । हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ।

आज असोज १५ गते:

दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

भोलि असोज १६ गते: 

दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर सामान्यतया बदली रहनेछ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

पर्सि असोज १७ गते: 

दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका साथै मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मनसुनी गतिविधिको सक्रियता

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज १७ गते (एकादशी) देखि नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने सम्भावना छ । यसले खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ । यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले आफ्नो आधिकारिक वेबसाइटसँगै ‘नेपाल वेदर फोरकास्ट’, ‘नेपाल बाढी सूचना’ जस्ता एक्स/फेसबुक पेज तथा Weather & Flood Alert_DHM भाइबर  ग्रुप सञ्चालन गरी आम नागरिकलाई मौसमी सूचना प्रवाहमा सहजता प्रदान गरेका छन् । नागरिकहरूलाई पछिल्लो मौसमी जानकारीका लागि यी माध्यमहरू प्रयोग गर्न र सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरोका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले सम्बन्धित सबैलाई सुझाव दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १५, २०८२ ९:३४