close

लाइका क्यामेरासहित साओमीको स्मार्टफोन १५ टी नेपालमा, प्रोफेसनल स्तरको फोटोग्राफी गर्न मिल्ने

टेकपाना टेकपाना

असोज २८, २०८२ १९:१२

लाइका क्यामेरासहित साओमीको स्मार्टफोन १५ टी नेपालमा, प्रोफेसनल स्तरको फोटोग्राफी गर्न मिल्ने

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी १५ टी नेपाली बजारमा भित्र्याएको छ । लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा सिस्टम राखिएको यो फ्ल्यागशिप स्मार्टफोन नेपाली बजारमा ल्याएको हो । 

फोनले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय पर्फर्मेन्स दुवै प्रदान गर्ने बताइएको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले साओमी १५ टीलाई पावर, इन्टेलिजेन्स र इनोभेसनको संयोजन भएको उल्लेख गरे । “लाइकासँगको सहकार्यमा हामीले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौँ । एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ,” उनले भने । 

साओमी १५ टीमा तीन वटा लाइका क्यामेरा समावेश छन् । जसमा ५० एमपी मुख्य क्यामेरा (२३ एमएम), २x अप्टिकल जुमसहित ५० एमपीकै टेलिफोटो क्यामेरा (४६एमएम) र १२ एमपीको अल्ट्रा-वाइड क्यामेरा (१५ एमएम) रहेका छन् । ठुलो अपार्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रङ्गीन तस्बिर खिच्न सक्ने बताइएको छ ।

फोनको डिजाइन पातलो र आकर्षक छ । यसमा मुलायम किनार, म्याट फिनिश र केवल ७.५ एमएम पातलो तथा तौल १९४ ग्राम छ । जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ ।

यो फोन आईपी ६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन सक्छ । कोर्निङ गोरिल्ला ग्लास ७ आईले स्क्र्याचबाट सुरक्षा दिन्छ ।

फोनमा मिडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२ जीबी एलपीडीडीआर ५ एक्स र्‍याम र ५१२ जीबी यूएफएस ४.१ स्टोरेज दिइएको छ ।

यो एन्ड्रोइड १५ मा आधारित हाइपरओएस २ मा चल्छ । हाइपरओएस ३ पनि चाँडै नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साथै, यसमा ६.८३ इन्चको एमोलेड डिस्प्ले, १.५ के रिजोल्युसन र १२० हर्ज रिफ्रेश रेट रहेको छ । अगाडितर्फको ३२ एमपी क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडिओ कलका लागि सहयोग गर्छ ।

साओमी १५ टीमा ५५०० एमएएच क्षमताको ब्याट्री र ६७ वाट हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ । यो फोनको साथमा चार्जर पनि पाउन सकिनेछ ।
यसमा डुअल सिम, वाईफाई ६ ई, ब्लुटुथ ६.०, मल्टी फङ्सनल एनएफसी, फाइभजी सपोर्टका साथै जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्यूजेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन् ।

नेपालमा साओमी १५ टी (१२ जीबी+५१२ जीबी) मोडेलको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रङ्गमा देशभरका साओमीका आधिकारिक स्टोरहरूमा उपलब्ध छ ।

 

पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १९:१२