यी क्षेत्रलाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कमा पहुँच दिइने
कात्तिक १३, २०८२ १७:३
काठमाडौँ । सुरक्षा मापदण्ड पूरा गरी विभिन्न ६ क्षेत्रलाई विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच दिइने भएको छ ।
सरकारले वैदेशिक रोजगार सेवा, अदालतका मुद्दा व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवा, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन, अध्यागमन सेवा र बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरणसम्बन्धी क्षेत्र तोक्दै प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावका आधारमा १२ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय पारित गरेको जनाइएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १७:१८
