close

एनपीएल दोस्रो सिजनको पहिलो खेलको टिकट ‘सोल्ड आउट’

टेकपाना टेकपाना

कात्तिक २८, २०८२ १५:५८

एनपीएल दोस्रो सिजनको पहिलो खेलको टिकट ‘सोल्ड आउट’

 

काठमाडौँ । एनपीएल दोस्रो सिजनको पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको छ । शुक्रबार दिउँसोसम्म प्रिमियम र साधारण दुवै तर्फको सम्पूर्ण टिकट बिक्री भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार साँझ एनपीएल दोस्रो संस्करणको टिकट बिक्री खुला गरेको थियो । एनपीएल दोस्रो सिजनको टिकेटिङ पार्टनर खल्तीका अनुसार सोमबार सुरु हुने प्रतियोगिताको पहिलो खेलतर्फको प्रिमियमका साथै सिद्धार्थ बैङ्क, रेडबुल, एनसेल जोनसहित जोन १, २ र ३ तर्फको साधारण टिकट सबै बिक्री भएको छ । 

उक्त दिनका लागि प्रिमियम टिकटको मूल्य १५ सय र साधारण टिकटको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ । क्यानले उद्घाटन र शनिबार साधारण टिकटको पाँच सय र प्रिमियम टिकटको १५ सय रुपैयाँ शुल्क तोकेको छ । 

विक डेजमा साधारणतर्फ पाँच सय नै रहँदा प्रिमियमको एक हजार रुपैयाँ तोकिएको छ । प्ले अफ र फाइनलका लागि साधारणतर्फको एक हजार र प्रिमियमको दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । 

क्यानले सिजन पासको मूल्य १५ हजार रुपैयाँ तोकेको छ, जसअन्तर्गत यस संस्करणका सबै खेल हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १५:५८