close

एनपीएल टिकटको क्यूआर कोड सार्वजनिक नगर्नू : खल्ती

टेकपाना टेकपाना

कात्तिक २८, २०८२ १८:२२

एनपीएल टिकटको क्यूआर कोड सार्वजनिक नगर्नू : खल्ती

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ ले नेपाल प्रिमियर लिग (एनपीएल) का दर्शकलाई आफ्नो डिजिटल टिकटमा रहेको क्यूआर कोड सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ । एउटै क्यूआर कोड एक पटक मात्र प्रयोग गर्न मिल्ने भएकाले अरू कसैले दुरुपयोग गरी खेल हेर्नबाट वञ्चित हुनसक्ने भन्दै खल्तीले यस्तो सुझाव दिएको हो ।

खल्तीले बिहीबार एक सूचना जारी गर्दै डिजिटल टिकटको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । सूचनामा भनिएको छ, “प्रत्येक डिजिटल टिकटमा एउटा भिन्न क्यूआर कोड हुन्छ जुन एक पटक मात्र प्रयोग गर्न सकिन्छ । प्रवेशद्वारमा स्क्यान भइसकेपछि उक्त कोड प्रयोग भइसकेको मानिन्छ र ‘नो इन्ट्री’ देखाउँछ ।”

कम्पनीले क्यूआर कोडलाई गोप्य पासकोड जस्तै सुरक्षित राख्न र कुनै पनि सार्वजनिक प्लेटफर्म वा सामाजिक सञ्जालमा शेयर वा पोस्ट नगर्न दर्शकलाई सचेत गराएको छ ।

एनपीएलको आधिकारिक डिजिटल टिकेटिङ पार्टनरको रूपमा खल्तीले दर्शकलाई जिम्मेवारीपूर्वक खेलको आनन्द लिन आग्रह गरेको छ । दर्शकहरूले खल्ती एपमार्फत किन्न सक्छन् ।


 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १८:२४