काठमाडौँ । क्रिकेट सङ्घ नेपालले 'डिशहोम गो' (Dishhome Go) लाई यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक ओटीटी लाइभ स्ट्रिमिङ पार्टनरको रूपमा घोषणा गरिसकेको छ । भोलि १७ नोभेम्बर २०२५ (१ मङ्सिर, २०८२) देखि सुरु हुने यो क्रिकेट प्रतियोगिताको अनलाइनमा प्रत्यक्ष प्रसारणका लागि आवश्यक प्राविधिक तयार पुरा भइसकेको डिशहोमले जनाएको छ ।
एपमार्फत एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न 'एनपीएल स्ट्रिम अन प्याक' (NPL Stream ON Pack) खरिद गर्नुपर्ने हुन्छ । जसको मूल्य नेपालभित्र ३०० रुपैयाँ, मध्यपूर्वका लागि ५०० रुपैयाँ र त्यस बाहेकका अन्य देशहरूका लागि १० अमेरिकी डलर राखिएको छ ।
नेपालमा खल्ती, इसेवा र भिसा तथा मास्टरकार्डबाट र अन्य देशहरूका लागि भिसा र मास्टरकार्डबाट यसको भुक्तानी गर्न सकिने बताइएको छ । यहाँ हामी तपाईँलाई शुल्क तिरेर डिशहोम गो मोबाइल एपबाट एनपीएलको लाइभ कसरी हेर्ने भन्ने बारेमा बताउँदै छौँ ।
मोबाइल एपमा यसरी हेर्नुहोस्, एनपीएलको लाइभ
- सबैभन्दा पहिला गुगल प्ले स्टोर अथवा एप्पल आईओएस स्टोरमा गएर DishHome GO एप खोजेर डाउनलोड गर्नुहोस् । डिशहोमले डिशहोम गोको नयाँ अपडेट जारी गरिसकेको छ । ठुलो स्क्रिनमा हेर्न चाहनु हुन्छ भने वेबब्राउजर अथवा एन्ड्रोइड टिभी समेत प्रयोग गर्न सकिन्छ ।
- अब अन्तिममा रहेको CONTINUE लेखिएको कन्टिन्यु बटनमा ट्याप गर्नुहोस् र नोटिफिकेसन पठाउने अनुमति दिने वा नदिने मध्ये कुनै एक विकल्प चयन गर्नुहोस् ।
- यति गरिसकेपछि एपको HOME पेजबाट तल दायाँ कुनामा रहेको MORE अप्सनबाट भित्र जानुहोस् र त्यहाँ रहेको LOGIN अथवा SUBSCRIBE NOW मध्ये कुनै एक बटनमा दबाउनु होस् ।
- LOGIN विकल्प रोज्नु भयो भने अब मोबाइल नम्बर अथवा इमेल, फेसबुक र जिमेलको विकल्प देख्नु हुनेछ । त्यहाँबाट आफ्नो अनुकूलता अनुसार कुनै एक विकल्प रोजेर अघि बढ्न सक्नु हुन्छ ।
- अब पुनः अघिकै MORE अप्सनमा थिच्नुहोस् र अघि SUBSCRIBE NOW मा दबाउनुहोस् । LOGIN विकल्पको साटो सुरुमा SUBSCRIBE NOW बाट अघि बढ्दा पनि अर्को चरणमा LOGIN को प्रक्रिया पुरा गर्नु पर्ने नै हुन्छ ।
- अब त्यहाँ तपाईँले आफ्नो लोकेसन अनुसारको एनपीएल सिजन पास देखु हुनेछ । त्यसमा रहेको CHOOSE PLAN विकल्प रोज्नुहोस् र सहजता अनुरूप भुक्तानीका लागि खल्ती, इसेवा वा भिसा तथा मास्टरकार्ड मध्ये कुनै माध्यम छानेर अन्तिममा रहेको SUBSCRIBE NOW USD लेखिएको बटनमा ट्याप गर्नुहोस् ।

-
यससँगै आफ्नो भुक्तानी प्रदायकको डिटेल राखेर सब्सक्रिप्सन पुरा गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १३:१३
