close

पशुपति क्षेत्रमा प्रहरीमाथि मुक्का प्रहार गर्ने युवकको खोजी हुँदै, १०० मा खबर गर्न अनुरोध

टेकपाना टेकपाना

फागुन ५, २०८२ २३:३१

पशुपति क्षेत्रमा प्रहरीमाथि मुक्का प्रहार गर्ने युवकको खोजी हुँदै, १०० मा खबर गर्न अनुरोध

काठमाडौँ । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गर्ने युवकको पहिचान खुलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणसँग सहयोग मागेको छ । सामाजिक सञ्जालमा सुरक्षाकर्मीमाथि जाइलागेको भिडिओ भाइरल भएपछि प्रहरीले दोषीको खोजी कार्यलाई तीव्र पारेको हो ।

प्रहरीले ती युवकको फोटो सार्वजनिक गर्दै उनलाई चिन्ने वा देख्ने जोसुकैले पनि नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर वा जिल्ला प्रहरी परिसर काठमाडौँको आधिकारिक फेसबुक पेजमा मेसेज गरी जानकारी गराउन अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ २३:३१