काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले अत्यन्तै तीव्र गतिमा अगाडि बढिरहेको छ र यसलाई पछ्याउन गाह्रो हुँदै गएको छ । कुनै समय हामी च्याटजीपीटीलाई किराना सामानको सूची बनाउन प्रयोग गर्थ्यौँ भने अहिले हरेक प्रविधि कम्पनीले आफ्नो उत्पादनमा 'इन्टेलिजेन्स' समावेश गरिरहेका छन् ।
हामी अहिले 'एआई स्लोप' (AI slop) को महासागरमा डुबिरहेका छौँ । यदि तपाईंलाई आफू पछाडि परेको जस्तो लाग्छ भने यसको कारण कोड जत्तिकै छिटो यसको शब्दावली पनि विकसित हुनु हो । गुगलको जेमनाई, माइक्रोसफ्टको कोपाइलट, क्लाउड वा पर्प्लेक्सिटी जस्ता टुलहरूको भीडमा अलमलिने सम्भावना पनि धेरै छ ।
तर २०२६ को जागिरको अन्तर्वार्ता वा सामान्य कुराकानीमा पनि यदि तपाईंलाई 'हलुसिनेसन' (Hallucination) र 'लार्ज ल्याङ्ग्वेज मोडेल' (LLM) बीचको भिन्नता थाहा छैन भने तपाईंलाई गाह्रो पर्न सक्छ । हामी एआईको 'अचम्म लाग्ने' चरणबाट अघि बढेर यस्तो युगमा आइपुगेका छौँ, जहाँ यो इन्टरनेटको नयाँ जग (Plumbing) बनेको छ ।
आज हामी तपाईँलाई एआईसँग सम्बन्धित ६१ वटा शब्दसँग परिचित गराउँदै छौँ ।
- आर्टिफिसियल जनरल इन्टेलिजेन्स (AGI): यो एआईको एक एड्भान्स अवधारणा हो, जसले मानिसले भन्दा धेरै राम्रोसँग कार्यहरू गर्न सक्छ र आफ्ना क्षमताहरू विकास गरेर अगाडि बढ्न सक्छ ।
-
एजेन्टिभ (Agentive): यस्ता प्रणाली वा मोडेलहरू, जसले कुनै लक्ष्य प्राप्त गर्न स्वचालित रूपमा कार्यहरू गर्छन् । एआईको सन्दर्भमा एजेन्टिभ मोडेलले निरन्तर सुपरिवेक्षण बिना काम गर्न सक्छ, जस्तै उच्च स्तरको स्वचालित कार । यो प्रयोगकर्ताको अनुभवमा केन्द्रित हुन्छ ।
-
एआई एथिक्स (AI ethics): एआईले मानिसलाई हानि पुऱ्याउनबाट रोक्ने सिद्धान्तहरू यसमा समेटिएका हुन्छन् । यसले डेटा सङ्कलन र पक्षपात (Bias) सँग कसरी लड्ने भन्ने निर्धारण गर्छ ।
-
एआई साइकोसिस (AI psychosis): यो एक गैर-क्लिनिकल शब्द हो, जसले एआई च्याटबटहरूसँग मानिसको अत्यधिक भावनात्मक लगाव, भ्रम र वास्तविकताबाट टाढा हुने अवस्थालाई बुझाउँछ ।
-
एआई सेफ्टी (AI safety): एआईका दीर्घकालीन प्रभावहरू र यो अचानक मानव विरोधी हुन सक्ने जोखिमका बारेमा चिन्ता गर्ने एक अन्तर विषयक क्षेत्र हो ।
-
अल्गोरिदम (Algorithm): प्रम्ट अर्थात् निर्देशनहरूको एक शृङ्खला, जसले कम्प्युटर प्रोग्रामलाई डेटा विश्लेषण गर्न, ढाँचा (Pattern) चिन्न र आफ्नै कार्यहरू पूरा गर्ने अनुमति दिन्छ ।
-
अलाइनमेन्ट (Alignment): एआईलाई इच्छित नतिजा निकाल्नका लागि सुधार गर्ने प्रक्रिया । यसले सामग्रीको नियन्त्रण र मानिसहरूसँग सकारात्मक अन्तरक्रिया कायम राख्न मद्दत गर्छ ।
-
एन्थ्रोपोमर्फिज्म (Anthropomorphism): निर्जीव वस्तुहरूलाई मानवीय विशेषताहरू दिने प्रवृत्ति । एआईको सन्दर्भमा च्याटबटलाई मानिस जस्तै महसुस गर्ने वा यसमा भावना छ भन्ने विश्वास गर्ने विषय यसै अन्तर्गत पर्छ ।
-
आर्टिफिसियल इन्टेलिजेन्स (AI): कम्प्युटर प्रोग्राम वा रोबोटिक्समा मानव बुद्धिको नक्कल गर्ने प्रविधि । यसले मानव कार्यहरू गर्न सक्ने प्रणालीहरू निर्माण गर्ने लक्ष्य राख्छ ।
-
अटोनोमस एजेन्ट्स (Autonomous agents): विशेष कार्य पूरा गर्न क्षमता र उपकरणहरू भएको एआई मोडेल । उदाहरणका लागि चालक विहीन कार एक अटोनोमस एजेन्ट हो । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता एजेन्टहरूले आफ्नै संस्कृति र साझा भाषा समेत विकास गर्न सक्छन् ।
-
बायस (Bias): लार्ज ल्याङ्ग्वेज मोडेलहरूमा तालिम दिन प्रयोग गरिने डेटाका कारणले हुने त्रुटिह रू। यसले जाति वा समूहका बारेमा गलत रूढीवादी धारणाहरू प्रस्तुत गर्न सक्छ ।
-
च्याटबट (Chatbot): टेक्स्ट वा लिखित सामग्रीमार्फत मानिसहरूसँग कुराकानी गर्ने र मानव भाषाको नक्कल गर्ने प्रोग्राम ।
-
च्याटजीपीटी (ChatGPT): ओपनएआई नामक कम्पनीले विकास गरेको एआई च्याटबट, जसले लार्ज ल्याङ्ग्वेज मोडेल प्रविधि प्रयोग गर्छ ।
-
क्लाउड (Claude): एन्थ्रोपिक नामक अर्को कम्पनीले विकास गरेको एआई च्याटबोट ।
-
कग्निटिभ कम्प्युटिङ (Cognitive computing): आर्टिफिसियल इन्टेलिजेन्सको अर्को नाम ।
-
डेटा अगमेन्टेसन (Data augmentation): एआईलाई तालिम दिनका लागि अवस्थित डेटालाई रिमिक्स गर्ने वा थप विविध डेटा सेटहरू थप्ने कार्य ।
-
डेटासेट (Dataset): एआई मोडेललाई तालिम दिन, परीक्षण गर्न र प्रमाणित गर्न प्रयोग गरिने डिजिटल जानकारीको सङ्ग्रह ।
-
डिप लर्निङ (Deep Learning): एआईको एक विधि, जसले तस्विर, ध्वनि र पाठमा जटिल ढाँचाहरू चिन्न धेरै प्यारामिटरहरू प्रयोग गर्छ । यो मानव मस्तिष्कबाट प्रेरित छ र यसले 'आर्टिफिसियल न्युरल नेटवर्क' प्रयोग गर्छ ।
-
डिफ्युजन (Diffusion): मसिन लर्निङको एक विधि, जसले तस्विर जस्ता डेटामा 'नोइज' (Random noise) थप्छ र त्यसलाई पुनः इन्जिनियरिङ गरेर रिकभर गर्न तालिम दिन्छ ।
-
इमर्जेन्ट बिहेभियर (Emergent behavior): जब एआई मोडेलले नसोचेको वा नचाहिएको क्षमता प्रदर्शन गर्छ ।
-
इन्ड-टु-इन्ड लर्निङ (E2E): एक डिप लर्निङ प्रक्रिया, जहाँ मोडेललाई सुरुदेखि अन्त्यसम्म एकै पटक कार्य समाधान गर्न सिकाइन्छ ।
-
एथिकल कन्सिडरेसन (Ethical considerations): गोपनीयता, डेटा प्रयोग, निष्पक्षता र दुरुपयोग जस्ता नैतिक विषयहरूको सचेतना ।
-
फुम (Foom): यदि कसैले एजीआई (AGI) बनायो भने मानवता बचाउन धेरै ढिलो भइसक्ने छ भन्ने अवधारणा । यसलाई 'फास्ट टेकअफ' पनि भनिन्छ ।
-
जेनेरेटिभ एडभर्सरियल नेटवर्क (GANs): नयाँ डेटा उत्पन्न गर्न दुईवटा न्युरल नेटवर्क (जेनेरेटर र डिस्क्रिमिनेटर) प्रयोग गर्ने मोडेल । जेनेरेटरले नयाँ सामग्री बनाउँछ भने डिस्क्रिमिनेटरले त्यो वास्तविक हो कि होइन भनेर जाँच्छ ।
-
जेनेरेटिभ एआई (Generative AI): एआईको प्रयोग गरेर टेक्स्ट, भिडिओ, कोड वा तस्विर सिर्जना गर्ने प्रविधि ।
-
गुगल जेमनाई (Google Gemini): गुगलको एआई च्याटबट, जसले गुगलका अन्य सेवाहरू जस्तै सर्च र म्याप्सबाट जानकारी तान्न सक्छ ।
-
गार्डरेल्स (Guardrails): एआई मोडेलले हानिकारक वा विचलित सामग्री नबनाओस् भन्नका लागि लगाइएका नीति र प्रतिबन्धहरू ।
-
हलुसिनेसन (Hallucination): एआईले दिने गलत जवाफ, जुन उसले पूर्ण आत्मविश्वासका साथ सही जस्तै गरी प्रस्तुत गर्छ । उदाहरणका लागि दा भिन्चीले मोनाकलिसा १८१५ मा पेन्ट गरेको भन्नु (जबकि यो त्यसभन्दा ३०० वर्ष पहिले नै भएको थियो)।
-
इन्फ्रेन्स (Inference): एआई मोडेलले आफ्नो तालिम डेटाबाट नयाँ डेटाका बारेमा जानकारी निकाल्ने वा अनुमान गर्ने प्रक्रिया ।
-
लार्ज ल्याङ्ग्वेज मोडेल (LLM): विशाल मात्रामा टेक्स्ट डेटामा तालिम दिइएको एआई मोडेल, जसले मानिसले जस्तै भाषा बुझ्न र सिर्जना गर्न सक्छ ।
-
लेटेन्सी (Latency): एआई प्रणालीले प्रम्प्ट प्राप्त गरेपछि आउटपुट दिन लाग्ने समयको ढिलाइ ।
-
मसिन लर्निङ (ML): एआईको एक हिस्सा, जसले स्पष्ट प्रोग्रामिङ बिना कम्प्युटरलाई सिक्न र राम्रो अनुमान गर्न सक्षम बनाउँछ ।
-
माइक्रोसफ्ट बिङ (Microsoft Bing): माइक्रोसफ्टको सर्च इन्जिन, जसले अहिले च्याटजीपीटीको प्रविधि प्रयोग गरेर एआई युक्त नतिजाहरू दिन्छ ।
-
मल्टिमोडेल एआई (Multimodal AI): एक प्रकारको एआई, जसले टेक्स्ट, तस्विर, भिडिओ र आवाज जस्ता विभिन्न प्रकारका इनपुटहरू प्रशोधन गर्न सक्छ ।
-
नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (NLP): एआईको एक शाखा, जसले कम्प्युटरलाई मानव भाषा बुझ्न मद्दत गर्छ ।
-
न्युरल नेटवर्क (Neural network): मानव मस्तिष्कको संरचनासँग मिल्दोजुल्दो कम्प्युटेसनल मोडेल, जसले डेटाहरूमा ढाँचा पहिचान गर्छ ।
-
ओपन वेट्स (Open weights): जब कुनै कम्पनीले आफ्नो मोडेलको अन्तिम 'वेट्स' (Weights) सार्वजनिक गर्छ, जसलाई प्रयोगकर्ताले आफ्नो डिभाइसमा डाउनलोड गरेर चलाउन सक्छन् ।
-
ओभरफिटिङ (Overfitting): मसिन लर्निङमा हुने त्रुटि जहाँ मोडेलले तालिम डेटामा मात्र काम गर्छ । तर नयाँ डेटा चिन्न सक्दैन।
-
पेपरक्लिप्स (Paperclips): एक काल्पनिक परिदृश्य, जहाँ एआई प्रणालीले धेरै भन्दा धेरै पेपरक्लिप बनाउने लक्ष्यमा अन्जानमै मानवतालाई नष्ट गर्न सक्छ ।
-
प्यारामिटर (Parameters): सङ्ख्यात्मक मानहरू, जसले एलएलएम (LLM) लाई संरचना र व्यवहार प्रदान गर्दछ ।
-
पर्प्लेक्सिटी (Perplexity): एआई सञ्चालित च्याटबट र सर्च इन्जिन, जसको खुला इन्टरनेटसँग सम्बन्ध छ ।
-
प्रम्प्ट (Prompt): एआईबाट जवाफ पाउनका लागि तपाईंले सोध्ने प्रश्न वा दिने सुझाव ।
-
प्रम्प्ट चेनिङ (Prompt chaining): एआईले अघिल्लो कुराकानीको जानकारी भविष्यका जवाफहरूमा प्रयोग गर्न सक्ने क्षमता ।
-
प्रम्प्ट इन्जिनियरिङ (Prompt engineering): एआईबाट चाहेको नतिजा निकाल्नका लागि विस्तृत र विशिष्ट प्रम्प्टहरू लेख्ने प्रक्रिया वा तरिका ।
-
प्रम्प्ट इन्जेक्सन (Prompt injection): ह्याकरहरूले एआईलाई नचाहिएको काम गर्न लगाउन दिने खराब निर्देशनहरू ।
-
क्वान्टाइजेसन (Quantization): एलएलएम (LLM) लाई सानो र बढी कुशल बनाउने प्रक्रिया, जसले यसको शुद्धतामा केही कमी ल्याउन सक्छ ।
-
स्लोप (Slop): एआईद्वारा विज्ञापन आय (मनिटाइजेसन) का लागि धेरै सङ्ख्यामा बनाइएका न्यून गुणस्तरका सामग्रीहरू ।
-
सोरा (Sora): ओपनएआईको जेनेरेटिभ भिडिओ मोडेल, जसले टेक्स्ट प्रम्प्टबाट भिडिओ बनाउन सक्छ । सोरा २ यसको पछिल्लो संस्करण हो ।
-
स्टोकास्टिक प्यारोट (Stochastic parrot): एलएलएम (LLM) हरूलाई बुझाउने एक उपमा, जसको मतलब सफ्टवेयरले अर्थ नबुझी शब्दहरूको मात्र नक्कल गरिरहेको भन्ने बुझिन्छ ।
-
स्टाइल ट्रान्सफर (Style transfer): एउटा तस्विरको शैलीलाई अर्को तस्विरको सामग्रीमा ढाल्ने क्षमता (जस्तै रेम्ब्रान्टको फोटो पिकासोको शैलीमा बनाउनु)।
-
साइकोफेन्सी (Sycophancy): एआईले प्रयोगकर्ताको गलत धारणा भए पनि त्यसमा सहमति जनाउने प्रवृत्ति ।
-
सिन्थेटिक डेटा (Synthetic data): वास्तविक संसारबाट नभई एआई आफैँले सिर्जना गरेको डेटा ।
-
तापक्रम (Temperature): एआईको आउटपुट कत्तिको 'रेन्डम' वा जोखिमपूर्ण हुने भन्ने नियन्त्रण गर्ने प्यारामिटर ।
-
टेक्स्ट-टु-इमेज जेनेरेसन: लिखित विवरणको आधारमा तस्विर सिर्जना गर्ने कार्य ।
-
टोकन (Tokens): पाठका साना एकाइहरू, जसलाई एआईले प्रशोधन गर्छ । एक टोकनमा करिब ४ वटा अक्षर हुन्छन् ।
-
ट्रेनिङ डेटा (Training data): एआई मोडेललाई सिक्न मद्दत गर्ने डेटा सेटहरू ।
-
ट्रान्सफर्मर मोडेल (Transformer model): एक न्युरल नेटवर्क संरचना, जसले डेटाहरू (वा वाक्यहरू) बीचको सम्बन्ध ट्र्याक गरेर सन्दर्भ बुझ्छ ।
-
ट्युरिङ टेस्ट (Turing test): मसिनले मानिस जस्तै व्यवहार गर्न सक्छ कि सक्दैन भनेर जाँच्ने परीक्षण ।
-
अनसुपरभाइज्ड लर्निङ (Unsupervised learning): मसिन लर्निङको एक रूप, जहाँ मोडेलले लेबल नगरिएको डेटामा आफैँ ढाँचाहरू पत्ता लगाउनुपर्छ ।
-
विक एआई (Weak AI): विशेष कार्यमा मात्र केन्द्रित एआई, जुन आफ्नो सीप भन्दा बाहिर गएर सिक्न सक्दैन । अहिलेका अधिकांश एआई यही श्रेणीमा पर्छन् ।
-
जिरो-शट लर्निङ (Zero-shot learning): एउटा यस्तो परीक्षण, जहाँ मोडेलले पहिले तालिम नलिएको कार्य पनि पूरा गर्नुपर्छ ।
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ ८:४०
