३० दिनभित्र सार्वजनिक यातायातमा सीसीटीभी र राइड-शेयरिङ एपमा एसओएस बटन जडान गर्नुपर्ने
चैत १४, २०८२ २२:४३
काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्न प्रविधिको प्रयोगलाई व्यापक बनाउने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत ३० दिनभित्र सवारी साधनमा सुरक्षा प्रविधि जडान गर्ने योजना अघि सारिएको हो ।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा सीसीटीभी, ड्यासक्याम र एसओएस बटनमार्फत आकस्मिक सूचना प्रहरीसम्म तत्काल पुर्याउने डिजिटल संयन्त्र निर्माण गर्ने उल्लेख छ । राइड-शेयरिङ एपमा प्रविधिको प्रयोग गरी सुरक्षा सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको छ ।
कार्यसूचीको बुँदा नम्बर ९८ मा भनिएको छ, “सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा CCTV/Dashcam जडान गर्ने र राइड-शेयरिङ एपमा ‘SOS Button’ अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने ।”

पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २२:४७
