close

१५ दिनभित्रै नागरिक एप वा ईमेलमा प्रमाणपत्र ‘डाउनलोड’ गर्न सकिने व्यवस्था गर्दै बालेन सरकार

टेकपाना टेकपाना

चैत १४, २०८२ २२:५८

१५ दिनभित्रै नागरिक एप वा ईमेलमा प्रमाणपत्र ‘डाउनलोड’ गर्न सकिने व्यवस्था गर्दै बालेन सरकार

काठमाडौँ । सरकारले सरकारी प्रमाणपत्र प्राप्त गर्न कार्यालय नै धाउनुपर्ने झन्झट हटाउँदै अबको १५ दिनभित्रै मोबाइल एप वा ईमेलमार्फत डाउनलोड गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ ।

शासकीय सुधारका लागि १०० ओटा कार्यसूची सार्वजनिक गर्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले यस्तो निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कार्यसूची भने शनिबार साँझ मात्र सार्वजनिक गरिएको हो ।

सरकारले सार्वजनिक गरेको कार्यसूचीको ३५ नम्बर बुँदामा प्रमाणपत्र नागरिकले आधिकारिक मोबाइल एप/नागरिक एप वा ईमेलमा ‘डाउनलोड’ गर्न मिल्ने व्यवस्था १५ दिनभित्र मिलाउने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २३:६