अपाङ्गता भएका र कम प्राविधिक ज्ञान भएका नागरिकका लागि सरकारी एप र पोर्टल १०० दिनभित्र सरल बनाइने
चैत १५, २०८२ ६:४८
काठमाडौँ । सरकारले सरकारी एप र पोर्टललाई सरल र समावेशी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत यो योजना अघि सारिएको हो ।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा अपाङ्गता भएका व्यक्ति र प्रविधिको कम ज्ञान भएका नागरिकलाई समेत सहज हुने गरी डिजिटल प्लेटफर्महरूको सुधार गर्ने उल्लेख छ ।
कार्यसूचीको बुँदा नम्बर ३० मा भनिएको छ, “सरकारी एप वा पोर्टलहरू अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने कार्य १०० दिनमा सम्पन्न गर्ने ।”

पछिल्लो अध्यावधिक: चैत १५, २०८२ ६:४८
