close

हेलो सरकारको स्तरोन्नति गर्ने सरकारको योजना, गुनासो समाधानको प्रगति अब ‘रियल-टाइम’ मा देखिने

टेकपाना टेकपाना

चैत १५, २०८२ ७:५४

हेलो सरकारको स्तरोन्नति गर्ने सरकारको योजना, गुनासो समाधानको प्रगति अब ‘रियल-टाइम’ मा देखिने

काठमाडौँ । सरकारले ‘हेलो सरकार’ संयन्त्रलाई स्तरोन्नति गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत यो प्रविधिमैत्री योजना अघि सारिएको हो ।

शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा प्रविधिको प्रयोगमार्फत नागरिकका गुनासालाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने लक्ष्य राखिएको छ । यसका लागि सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गर्न एकीकृत ड्यासबोर्डको प्रयोग गरिने सरकारको योजना छ ।

कार्यसूचीको बुँदा नम्बर २५ मा भनिएको छ, “हेलो सरकार संयन्त्रलाई स्तरोन्नति गरी नागरिक संवादको प्लेटफर्मका रूपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति real-time मा अनुगमन गर्ने ।”

पछिल्लो अध्यावधिक: चैत १५, २०८२ ७:५६