close

फोन, एप, वेब र सामाजिक सञ्जाल समेटिएको २४ घण्टे गुनासो व्यवस्थापन प्रणाली सुरु गर्दै सरकार

टेकपाना टेकपाना

चैत १५, २०८२ १४:१

फोन, एप, वेब र सामाजिक सञ्जाल समेटिएको २४ घण्टे गुनासो व्यवस्थापन प्रणाली सुरु गर्दै सरकार

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले देशभरका नागरिकका गुनासो, सुझाव र सेवा अनुरोधलाई प्रविधिमार्फत चौबीसै घण्टा सम्बोधन गर्ने गरी ‘बहु-च्यानल’ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । बालेनको नेतृत्वमा गठित मन्त्रीपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत डिजिटल गुनासो व्यवस्थापन योजना अघि सारिएको हो ।

शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा नागरिकले फोन, मोबाइल एप, अनलाइन पोर्टल र सामाजिक सञ्जाल जस्ता विभिन्न डिजिटल माध्यमबाट आफ्नो गुनासो वा सेवा अनुरोध दर्ता गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख छ । यो २४ घण्टे प्रणालीले सरकारी सेवा र नागरिकका समस्यालाई प्रविधिको प्रयोग गरी छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

 

कार्यसूचीको बुँदा नम्बर २४ मा भनिएको छ, “देशभरका नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी तथा परिणाममुखी रूपमा सम्बोधन गर्न २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने । सो को लागि फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहु-च्यानलको व्यवस्था मिलाउने ।”

 

पछिल्लो अध्यावधिक: चैत १५, २०८२ १४:१