close

बालेन सरकारको १०० बुँदे कार्यसूची अनुसार धमाधम बन्द गरिँदै बेटिङ साइट, हालसम्म २६१ साइट पहिचान

टेकपाना टेकपाना

चैत १५, २०८२ १७:४८

बालेन सरकारको १०० बुँदे कार्यसूची अनुसार धमाधम बन्द गरिँदै बेटिङ साइट, हालसम्म २६१ साइट पहिचान

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले २४ घण्टाभित्र नेपालमा सञ्चालित सम्पूर्ण बेटिङ (सट्टेबाजी) साइट तथा एप बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । सरकारको निर्णय लगत्तै प्राधिकरणले आइतबार दिउसो १ बजेतिर यस्तो निर्देशन जारी गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रीपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत सट्टेबाजी एप र वेबसाइट पूर्ण रूपमा बन्द गर्ने एजेन्डा अघि सारिएको थियो । शनिबार सार्वजनिक गरिएको उक्त कार्यसूचीको बुँदा नम्बर ४२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । 

सोही निर्णयानुसार आइतबार सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई बेटिङ प्लेटफर्म बन्द गर्न निर्देशन दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रबिन्द्रप्रसाद पौड्यालले मन्त्री स्तरीय निर्णयबाट प्राधिकरणलाई पत्राचार गरिएको पुष्टि गरे । 

“२४ घण्टाभित्र बेटिङ साइटहरू बन्द गर्नुपर्ने निर्णय अनुसार हामीले आइतबार दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेका छौँ,” टेकपानासँगको कुराकानीमा सूचना अधिकारी पौड्यालले भने, “यसलाई प्राविधिक रूपमा कसरी बन्द गर्ने भन्ने विषय प्राधिकरण र इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले हेर्नेछन् ।”

मन्त्रालयको निर्देशन प्राप्त हुनासाथ प्राधिकरणले सेवा प्रदायकलाई पत्राचार गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनका लागि निर्देशन जारी भइसकेको जानकारी दिए ।

“क्याबिनेटको निर्णयबमोजिम हामीलाई मन्त्रालयबाट २४ घण्टाभित्र सट्टेबाजी साइटहरू बन्द गर्न निर्देशन आएको थियो,” प्रवक्ता अर्यालले भने, “सोही आधारमा हामीले सम्पूर्ण इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई त्यस्ता साइट र एप तत्काल बन्द गरी प्राधिकरणलाई जानकारी गराउन निर्देशन दिइसकेका छौँ ।”

प्राधिकरणको निर्देशनसँगै भोलि दिउँसो १ बजेभित्र नेपालभर सट्टेबाजीसँग सम्बन्धित सम्पूर्ण एप तथा वेबसाइट प्राविधिक रूपमा पूर्णतः बन्द हुने बताइएको छ । “पत्राचार गरे लगत्तै उनीहरू (मोबाइल तथा इन्टरनेट सेवा प्रदायक)ले बन्द गरी हामीलाई जानकारी दिनुपर्ने हो,” अर्यालले भने, “प्राधिकरणको अनुगमन शाखा र अपरेटरबिच कुन कुन साइट बन्द गर्ने भन्ने विषयमा आन्तरिक रूपमा छलफल भइरहेको छ ।”

 

निर्देशन आयो, तर सूची आएन

प्राधिकरणले २४ घण्टाभित्र बेटिङ साइट बन्द गर्न निर्देशन दिए पनि कुन-कुन साइट बन्द गर्ने भन्ने स्पष्ट सूची भने इन्टरनेट सेवा प्रदायकलाई उपलब्ध गराइसकेको छैन । जसका कारण कार्यान्वयनमा अन्योलता देखिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले मन्त्रालयको निर्णय अनुसार सट्टेबाजी एप तत्काल बन्द गर्न पत्र प्राप्त भए पनि साइटको सूची नआएको बताए । “पत्र आएको छ । तर त्यसमा बन्द गर्नुपर्ने साइटहरूको सूची छैन । अब नियामक निकायसँग समन्वय गरेर अघि बढ्छौँ,” उनले भने ।

त्यसैगरी वर्ल्डलिङ्क कम्युनिकेसन्सका सीईओ केशव नेपालले आफूहरू निर्देशन कार्यान्वयनको प्रक्रियामा रहे पनि आधिकारिक सूची प्राप्त नभएको बताए । “हामीलाई पत्रमा सूची आएको छैन । हामीले नियामकसँग सूची मागिरहेका छौँ र सँगै आफैँ पनि बेटिङ साइटको सूची तयार गरेर ब्लक गर्ने तयारीमा छौँ,” नेपालले भने ।

 

इन्टरनेट सेवा प्रदायकले भने कुन साइट बेटिङ हो र कुन होइन भनेर आफैँले स्वविवेक प्रयोग गर्न नमिल्ने बताएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुका संस्थापक तथा अध्यक्ष सुधीर पराजुलीले कानुनतः सेवा प्रदायकलाई कन्टेन्टमा आफ्नो स्वविवेक प्रयोग गर्ने अधिकार नभएको स्पष्ट पारे ।

“कुन साइट बेटिङ हो वा होइन भनेर छुट्याउने अधिकार ऐन र नियमावलीले हामीलाई दिएको छैन । नियामकले एउटा-एउटा साइट तोकेर सूची दिएपछि मात्र हामीले त्यसलाई हुबहु ब्लक गर्ने हो,” पराजुलीले भने ।

 

उनले बेटिङ प्लेटफर्म बन्द गर्नु एउटा निरन्तर प्रक्रिया भएको बताउँदै प्राविधिक चुनौतीबारे पनि प्रस्ट पारे । वेबसाइट (डोमेन) ब्लक गर्न सहज भए पनि एपहरू बन्द गर्न निकै कठिन हुने उनको भनाइ छ । “एपहरूमा इनबिल्ट एल्गोरिदम हुन्छ, जसले केही मिनेट वा घण्टामै आईपी परिवर्तन गरिरहन्छ । यद्यपि निरन्तर लागिरहने हो भने त्यसलाई पनि पहुँच विहीन बनाउन भने सकिन्छ,” उनले थपे । आफैँ साइट पहिचान गरेर रोक्ने ‘डिप प्याकेट फिल्टरिङ’ जस्ता प्रविधि प्रयोग गर्दा अत्यधिक खर्च लाग्ने र नागरिकको गोपनीयता हनन वा दुरुपयोग हुने जोखिम रहने भएकाले त्यसतर्फ जान नहुने पराजुलीको भनाइ छ ।

 

एनटीएका एक कर्मचारीले भने यसअघि पटक पटक बेटिङ साइट बन्द गरिएको र अहिले पूर्ण रूपमा सट्टेबाजीसँग सम्बन्धित सम्पूर्ण साइट ब्लक गर्न लागिएकाले अपरेटरसँग सहकार्य भइरहेको जानकारी दिए । “यो नियमित प्रक्रिया हो । हामीले यसअघि पनि समय समयमा बेटिङ प्लेटफर्म पहिचान गरेर अपरेटरलाई उपलब्ध गराउँदै आएका थियौँ,” ती कर्मचारीले भने, “अहिले भने सट्टेबाजीसँग जुनसुकै रूपमा जोडिएका प्लेटफर्म ब्लक गर्नुपर्ने भएकाले हामी अपरेटरसँग मिलेर पहिचान गर्दै ब्लक गरिरहेका छौं ।”

 

यी हुन् नेपालमा विभिन्न स्वरूपमा सञ्चालनमा आइरहेका बेटिङ प्लेटफर्म

 

S.N.

Site Name

Description / Remarks

1

Bet365

World's largest online bookmaker; 63M+ customers +2

2

1xBet

Major global bookmaker; 8M+ customers worldwide +2

3

Betway

18M+ customers; popular across Europe, Africa, Asia +2

4

William Hill

Iconic UK bookmaker; 7M+ customers, 2,200+ shops +2

5

Unibet

Large European operator; available in many countries +2

6

Parimatch

15.5M+ customers; strong in CIS region & globally +2

7

Betfair

World's largest betting exchange +2

8

Ladbrokes

Major UK bookmaker; part of Entain group +2

9

Coral

Major UK bookmaker; part of Entain group +2

10

Bwin

European giant; part of Entain group +2

11

888sport

Popular UK & international sportsbook +2

12

Betfred

Major UK bookmaker known as 'Bonus King' +2

13

Pinnacle

Renowned for sharp odds and low margins +2

14

Melbet

Globally popular with wide market coverage +2

15

22Bet

Known for competitive odds and payment options +2

16

Mostbet

Popular in CIS, Asia and globally +2

17

BetWinner

Widely used in Nepal; NPR payment support +2

18

Stake

Leading crypto-friendly bookmaker +2

19

BC.Game

Popular crypto betting & casino platform +2

20

1Win

Fast-growing global bookmaker +2

21

Dafabet

Major Asian bookmaker; popular for cricket & football +2

22

Sbobet

Leading Asian bookmaker; huge sports coverage +2

23

Bet9ja

Nigeria's most popular sports betting site +2

24

SportyBet

Very popular across Africa +2

25

Betika

Leading bookmaker in Kenya & East Africa +2

26

Paripesa

Growing global bookmaker, Nepal accessible +2

27

Megapari

International bookmaker; Nepal documented +2

28

TonyBet

International sportsbook; good odds, fast withdrawals +2

29

Betsson

Regulated European bookmaker, wide coverage +2

30

LV BET

Growing European bookmaker; football & cricket +2

31

GGBet

Esports-focused sportsbook with traditional sports +2

32

Unikrn

Esports specialist betting platform +2

33

DraftKings

Leading US sportsbook & daily fantasy +2

34

FanDuel

Top-rated US sportsbook +2

35

BetMGM

Major US regulated sportsbook +2

36

Caesars Sportsbook

Major US regulated sportsbook +2

37

Points Bet

US & Australian sportsbook +2

38

Betano

Popular in South America & Europe +2

39

Sportaza

Fast-growing user-friendly bookmaker +2

40

Freshbet

Ranked among popular newer betting sites +2

41

CopyBet

Social/copy betting platform +2

42

Indibet

Popular bookmaker targeting Indian market +2

43

4rabet

Popular in India and South Asia +2

44

10bet

Established international bookmaker +2

45

20Bet

International bookmaker with wide sports coverage +2

46

Betandreas

Active in CIS and global markets +2

47

Betandyou

International operator with broad market offering +2

48

Rabona

Established sportsbook with global reach +2

49

1Bet

Part of international betting market reviews +2

50

Fonbet

Leading bookmaker in Russia/CIS region +2

51

Leon

Popular in CIS region and globally +2

52

Vbet

Armenian-origin bookmaker with global presence +2

53

Betcris

Leading Latin American bookmaker +2

54

Codere

Spain & Latin America sportsbook +2

55

Betclic

Popular in France and Europe +2

56

PMU

France's leading horse racing & sports betting +2

57

Winamax

France's popular poker & sports betting site +2

58

Interwetten

Established European bookmaker since 1990 +2

59

Tipico

Major German & European bookmaker +2

60

Betsafe

Scandinavian & global bookmaker +2

61

NordicBet

Popular Scandinavian bookmaker +2

62

Paf

Finnish/Nordic bookmaker & gaming operator +2

63

Comeon

Growing European sports betting platform +2

64

Mr Green

Award-winning European gaming & sports brand +2

65

Casumo

Innovative European gaming brand +2

66

LeoVegas

Swedish operator, strong mobile experience +2

67

32Red

UK licensed established bookmaker +2

68

Sky Bet

UK's Sky-branded bookmaker; very popular +2

69

Paddy Power

Irish bookmaker; major global brand +2

70

Betvictor

Established UK & Irish bookmaker +2

71

Sporting Index

Spread betting specialist, UK +2

72

Matchbook

UK betting exchange alternative +2

73

Smarkets

UK-based low-commission betting exchange +2

74

Sportingbet

Established global sportsbook brand +2

75

GambetDC

Washington DC licensed sportsbook +2

76

BetUS

International sportsbook popular in Americas +2

77

MyBookie

Popular offshore bookmaker for US bettors +2

78

Bovada

Leading US-facing offshore sportsbook +2

79

BetOnline

Established US-facing offshore bookmaker +2

80

Heritage Sports

Established offshore sportsbook +2

81

Cloudbet

Leading crypto-only sportsbook +2

82

Nitrogen Sports

Bitcoin-based sportsbook +2

83

Betbo0

Popular in Turkey and internationally +2

84

Bahigo

Licensed European bookmaker +2

85

Adjarabet

Leading bookmaker in Georgia/Caucasus region +2

86

Olimpbet

Established CIS bookmaker +2

87

BetCity

Major Russian bookmaker +2

88

Marathon Bet

Sharp odds; popular among professional bettors +2

89

188BET

Asian-focused major bookmaker +2

90

Maxim88

Popular Southeast Asian bookmaker +2

91

CMD368

Major Asian sports betting platform +2

92

IBC007

Leading Asian bookmaker +2

93

M8bet

Southeast Asian sportsbook +2

94

BK8

Asian-focused online sports betting brand +2

95

Hollywoodbets

South Africa's leading bookmaker +2

96

Supabets

Popular South African bookmaker +2

97

Betpawa

Leading African sports betting platform +2

98

Mozzartbet

Popular Balkan & African bookmaker +2

99

Meridianbet

Major Balkan & African bookmaker +2

100

Novibet

UK & European licensed bookmaker +2

101

BetDaq

Irish betting exchange +2

102

QuinnBet

Fast-growing UK bookmaker +2

103

LiveScore Bet

UK licensed bookmaker tied to LiveScore app +2

104

Spreadex

UK spread betting & fixed odds +2

105

BoyleSports

Ireland's largest independent bookmaker +2

106

Neds

Australian bookmaker +2

107

Sportsbet

Australia's largest online bookmaker +2

108

TAB

Australia & NZ government-licensed bookmaker +2

109

Pointsbet AU

Australian sportsbook +2

110

BlueBet

Australian online bookmaker +2

111

TopSport

Australian licensed bookmaker +2

112

Palmerbet

Australian licensed bookmaker +2

113

Fanatics Sportsbook

Major US sportsbook backed by Fanatics sports brand +2

114

theScore Bet

Canadian/US sportsbook tied to theScore app +2

115

BetRivers

US licensed sportsbook by Rush Street Gaming +2

116

WynnBET

US regulated sportsbook by Wynn Resorts +2

117

ESPN Bet

US sportsbook backed by ESPN / Penn Entertainment +2

118

Hard Rock Bet

US sportsbook under Hard Rock brand +2

119

Circa Sports

Nevada-based precision sportsbook for sharp bettors +2

120

SuperBook

US sharp sportsbook known for Westgate Vegas line +2

121

TVG

US horse racing betting network and wagering site +2

122

TwinSpires

Churchill Downs' online horse racing wagering site +2

123

Xbet

Offshore US-facing sportsbook +2

124

Sports Betting.ag

Established US-facing offshore sportsbook +2

125

Jazz Sports

US-facing offshore sportsbook and casino +2

126

Caliente

Mexico's largest and most popular sportsbook +2

127

Apuesta Total

Peru's regulated and popular sports betting brand +2

128

Betsul

Popular licensed sports betting brand in Brazil +2

129

Superbet

Rapidly expanding Eastern Europe & Africa bookmaker +2

130

Fortuna

Leading Czech/Slovak and Central European bookmaker +2

131

Tipsport

Top bookmaker in Czech Republic and Slovakia +2

132

Chance

Established Czech bookmaker +2

133

Totolotek

Polish state-connected lottery and betting operator +2

134

STS

Poland's largest private bookmaker +2

135

Odibets

Popular Kenyan and East African bookmaker +2

136

Bangbet

Fast growing African betting site +2

137

Betlion

Licensed Kenyan betting platform +2

138

Elitebet

Kenyan licensed bookmaker +2

139

Betin

Licensed Kenyan sportsbook +2

140

MCheza

Kenyan licensed betting platform +2

141

Shabiki

Kenyan bookmaker with strong football focus +2

142

Msport

Popular African online sportsbook +2

143

NairaBet

Early Nigerian sports betting pioneer +2

144

BetKing

Nigerian bookmaker with large market share +2

145

Surebet247

Nigeria-based regulated bookmaker +2

146

Premierbet

West & Central Africa licensed bookmaker +2

147

Fortebet

Uganda's leading licensed bookmaker +2

148

WorldSports Bet

South Africa's licensed bookmaker +2

149

Fun88

Popular Asian bookmaker, cricket & football focus +2

150

Baji Live

Popular Bangladesh/South Asia betting brand +2

151

Crickex

Cricket-focused Asian sportsbook +2

152

Lotus365

India/South Asia popular betting exchange +2

153

Diamond Exchange

Online cricket betting exchange in South Asia +2

154

Laser247

South Asian cricket exchange platform +2

155

Wolf777

Online betting exchange popular in India +2

156

Sky Exchange

Popular cricket betting exchange in South Asia +3

157

Fairplay

India-focused sports and casino platform +3

158

Winline

Top Russian regulated bookmaker +3

159

Tennisi

Kazakhstan-based bookmaker with global reach +3

160

BetBoom

Russian regulated bookmaker +3

161

Ligastavok

Russian licensed bookmaker +3

162

Favbet

Ukraine-licensed popular bookmaker +3

163

Rollbit

Crypto casino and sports betting platform +3

164

Roobet

Crypto-friendly online casino and sportsbook +2

165

Duelbits

Crypto sports betting and casino +2

166

Thunderpick

Crypto esports and sports betting platform +2

167

Shuffle

Crypto gambling and sportsbook platform +2

168

Gamdom

Crypto casino popular in esports community +2

169

CSGOEmpire

CS:GO/esports skin betting & sportsbook platform +2

170

Optibet

Baltic states licensed bookmaker +2

171

Olybet

Baltic & Scandinavian licensed sportsbook +2

172

Coolbet

Nordic licensed bookmaker known for sharp odds +2

173

Bethard

Swedish-origin licensed European bookmaker +2

174

Grosvenor Sport

UK land-based chain with online sportsbook +2

175

Snai

Italy's largest licensed bookmaker +2

176

Sisal

Italy's major state-licensed betting operator +2

177

Goldbet

Italian licensed major sportsbook +2

178

NetBet

European licensed multi-market bookmaker +2

179

Napoleon Sports

Belgium-licensed bookmaker +2

180

Circus

Belgium-licensed popular bookmaker +2

181

10CRIC

#1 ranked for Nepal & India; cricket/kabaddi/football +2

182

Rajabets

Very popular in Nepal/India; UPI/eSewa support +2

183

Satbet

Popular South Asia sportsbook; fast crypto withdrawals +2

184

Jeetwin

Leading South/Southeast Asia online betting brand +2

185

Betvisa

Asia-focused licensed betting site popular in South Asia +2

186

Baji999

Bangladesh/South Asia betting brand +2

187

Yolo247

India/Nepal popular betting & casino platform +2

188

Pure Win

South Asia focused bookmaker, cricket specialist +2

189

Betshah

South Asia focused sportsbook; cricket emphasis +2

190

Cricbaba

Cricket-focused South Asian betting platform +2

191

Mazaplay

India/South Asia online betting & casino brand +2

192

Winbuzz

India/Nepal online betting platform +2

193

Tigerexch

Cricket exchange popular in South Asia +2

194

Orbit Exchange

Cricket-focused exchange popular in South Asia +2

195

Betbook247

South Asian betting exchange platform +2

196

Playinexch

Cricket betting exchange used in South Asia +2

197

SportsBet.io

Crypto-friendly global sportsbook popular in Nepal +2

198

Babu88

Popular Bangladesh/South Asia betting platform +2

199

Nagad88

South Asia betting site popular in Bangladesh/Nepal +2

200

Bhaggo

South Asia betting platform popular in Bangladesh region +2

201

Khela88

South Asia betting site popular in Bangladesh/Nepal +2

202

12Bet

Asian-focused bookmaker, kabaddi & cricket markets +2

203

Cricketbook

Cricket specialist bookmaker used in South Asia +2

204

Betbarter

South Asia cricket betting exchange +2

205

Taj777

South Asia online casino & sportsbook +2

206

Raja567

South Asian betting platform +2

207

Fairexch9

Cricket exchange popular in Nepal/India border region +2

208

Goldbet777

South Asian cricket betting platform +2

209

Silk247

South Asia online betting platform +2

210

King Exchange

Cricket exchange popular in Nepal/South Asia +2

211

Lucky Block

Crypto betting/casino popular in South Asia +2

212

MyStake

European licensed casino+sportsbook used in Nepal +2

213

Krikya

Bangladesh-focused cricket betting platform +2

214

Marvelbet BD

Bangladesh-focused sports betting site +2

215

1xBit

Crypto-only version of 1xBet; popular in Nepal +2

216

9Club

Asian focused casino & sportsbook; used in South Asia +2

217

Arcanebet

Esports-focused international betting platform +2

218

Asianconnect

Asian betting broker connecting to major Asian books +2

219

Asianodds

Asian handicap betting broker, widely used South Asia +2

220

Avabet

European licensed international sportsbook +2

221

Bankonbet

International bookmaker with multi-language support +2

222

Bdmbet

Bangladesh/South Asia focused sportsbook +2

223

Bet-at-home

German-listed European licensed bookmaker +2

224

BET99

Canadian licensed sportsbook +2

225

BetBeast

International bookmaker; crypto & fiat payments +2

226

Betboro

International sportsbook with African & global reach +2

227

BetCity.nl

Netherlands licensed bookmaker +2

228

BetFury

Crypto casino/sportsbook; popular in Nepal gaming community +2

229

BetGoodwin

UK licensed bookmaker +2

230

Betinia

Malta licensed European sportsbook +2

231

Bettilt

Malta licensed; popular in South Asia; cricket markets +2

232

Betobet

International bookmaker accessible in Nepal +2

233

Betsio

International crypto bookmaker +2

234

Campobet

Malta licensed; cricket markets; accessible Nepal +2

235

Copabet

Crypto sportsbook accessible in South Asia/Nepal +3

236

Dazbet

Southeast/South Asia crypto bookmaker +3

237

Eurobet

Italy licensed major bookmaker +3

238

Fezbet

International bookmaker; accessible Nepal; cricket focus +3

239

Getmega

India/South Asia online card games & bet platform +3

240

Hellowin

South/Southeast Asia gaming platform; used in Nepal +3

241

Ivibet

Malta licensed; cricket; accessible in Nepal +3

242

Jokabet

UK licensed bookmaker +3

243

Loot.bet

Esports & traditional sports; accessible Nepal +3

244

Marsbet

International bookmaker with wide market coverage +3

245

McBookie

Scotland/UK licensed bookmaker +3

246

Mostplay

South Asian casino & sportsbook platform +3

247

Mr. Pacho

International crypto-friendly sportsbook +3

248

NetBet Sport

European licensed; cricket markets; accessible Nepal +2

249

Rivalry

Esports sportsbook; accessible Nepal gaming community +2

250

Stoiximan

Greece's largest licensed bookmaker +2

251

Expekt

Established European sportsbook (Kindred Group) +2

252

Energybet

Malta licensed international bookmaker +2

253

Midnite

UK esports-focused licensed bookmaker +1

254

Leovegas Sport

Swedish licensed; cricket available; Nepal accessible +1

255

Ifortuna

Czech Republic licensed leading bookmaker +2

256

Parimatch Africa

Parimatch Africa operations +2

257

Flagman Bet

CIS/Eastern Europe bookmaker +2

258

Helabet

East Africa focused licensed bookmaker +2

259

Drip Casino

Crypto casino/sportsbook; accessible Nepal +2

260

Kaizen Gaming

Operator behind Stoiximan & Betano brands +1

261

Ivi Casino

Crypto casino accessible in South Asia +1


 

पछिल्लो अध्यावधिक: चैत १५, २०८२ १७:५८