close

१४ लाख बढी फलोअर भएको हर्क साम्पाङको फेसबुक पेज ‘गायब’, के होला कारण ?

टेकपाना टेकपाना

बैशाख ३, २०८३ १८:२७

१४ लाख बढी फलोअर भएको हर्क साम्पाङको फेसबुक पेज ‘गायब’, के होला कारण ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभोलुसन’ (Harka Sampang A Revolution) गायब भएको छ । १४ लाख बढी फलोअर रहेको उक्त पेजमा बिहीबार दिउँसोदेखि समस्या आएको हो ।

अहिले उक्त पेज खोल्न खोज्दा फेसबुकले ‘यो सामग्री अहिले उपलब्ध छैन’ (This content isn't available right now) भन्ने सन्देश देखाउँछ । यस विषयमा श्रम संस्कृति पार्टीका नेता रसिक थेबेले अध्यक्ष साम्पाङको पेज प्राविधिक कारणले अस्थायी रूपमा सस्पेन्ड भएको जानकारी दिएका छन् । समस्या समाधानका लागि प्रयास भइरहेको समेत उनले बताए ।

बिहीबार दिउँसो साम्पाङले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि ‘Safely landed at Yalambar Intl Airport Ktm’ (काठमाडौँको यलम्बर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरियो) भन्दै विमानस्थलको नाम परिवर्तनको आशय झल्किने पोस्ट गरेका थिए ।

फेसबुकले कुन मापदण्ड उल्लंघनका कारण पेज सस्पेन्ड गरेको हो भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ २१:४०