अस्थायी रूपमा नेपाल भित्रिने सवारीका लागि ‘टीआईभी’ पोर्टल, अनलाइबाटै भन्सार घोषणा र भुक्तानी सुविधा
बैशाख २५, २०८३ ११:१७
काठमाडौँ । विदेशी सवारी साधन (कार, मोटरसाइकल लगायत) नेपालमा अस्थायी रूपमा ल्याउन सहज हुने भएको छ । भन्सार विभागले ‘टीआईभी डिक्लेरेसन’ नामको नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
यो पोर्टलमार्फत व्यवसायी र सर्वसाधारणले घरबाटै अनलाइनमा टीआईभी (टेम्पोररी इम्पोर्ट अफ भेहिकल) को घोषणा गर्न सक्ने विभागले जनाएको छ । साथै भुक्तानी अनलाइनमार्फत पनि गर्न मिल्छ ।
यो प्रणाली नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्लू) अन्तर्गत सञ्चालित छ । विभागले देशभरका सबै भन्सार कार्यालयहरूलाई यो पोर्टल अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।
यो सुविधा प्रयोग गर्न भन्सार विभागको आधिकारिक वेबसाइटमा गएर टीआईभी मोड्युल क्लिक गर्नुहोस् वा सिधै यो लिङ्कमा क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ ११:२२
