सीमा सुरक्षामा फेसियल रिकग्निसन सिस्टम, ड्रोन र नाइट भिजन क्यामेरा प्रयोग गरिने
बैशाख २८, २०८३ १७:५३
फाइल तस्बिर
काठमाडौँ । सरकारले मुलुकको सीमा सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने योजना ल्याएको भएको छ ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा नाकाहरूमा अनुहार पहिचान गर्ने प्रणाली (फेसियल रिकग्निसन सिस्टम), ड्रोन र नाइट भिजन क्यामेरा प्रयोग गर्ने योजना सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति पौडेलले भने, “सीमा नाकामा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ ।”
यस्तै, सीमामार्फत हुने तस्करी र घुसपैठजस्ता अवैध क्रियाकलाप रोक्न सरकारले अर्को तयारी गरेको छ । राष्ट्रपति पौडेलले अगाडि थपे, “ड्रोन तथा नाइट भिजन क्यामेराको प्रयोग गरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।”
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १८:२
