close

संविधानमा कस्तो सुधार र संशोधन चाहनुहुन्छ ? यसरी दिनुहोस् सरकारलाई सुझाव

टेकपाना टेकपाना

जेठ ८, २०८३ १४:१७

संविधानमा कस्तो सुधार र संशोधन चाहनुहुन्छ ? यसरी दिनुहोस् सरकारलाई सुझाव

 

काठमाडौँ । नेपाल सरकारले संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयमा आम नागरिकहरूसँग लिखित सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ ले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो ।

मन्त्रिपरिषद्को गत १६ चैतको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन भएको थियो । यस कार्यदलमा सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन् । साथै, नेपाल कानुन आयोगका सचिव र प्रधानमन्त्री कार्यालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख पनि सदस्य सचिवका रूपमा रहेका छन् ।

संविधानमा गरिनुपर्ने आवश्यक सुधारका बारेमा इच्छुक व्यक्ति वा संस्थाहरूले निम्न ठेगाना, इमेल र ह्वाट्सएप नम्बरमा सुझाव पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

ठेगानाः ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँ

इमेल: [email protected] वा [email protected]

ह्वाट्सएप नम्बरः ९८५६०२९९४७

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १४:१७