close

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ९ जना शर्टलिस्ट, यी हुन् दाबेदारहरू

टेकपाना टेकपाना

असार १९, २०८३ २१:२

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ९ जना शर्टलिस्ट, यी हुन् दाबेदारहरू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा मनोनयनका लागि ९ जना उम्मेदवारहरू संक्षिप्त सूची (शर्टलिस्ट) मा परेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अर्जुन घिमिरे, अनन्त मान सिंह, अनिल कुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधु सुदन दाहाल, राजिब सुब्बा, सलाउल्लाह खान र सुशिल प्रसाद साह शर्टलिस्टमा परेका हुन् ।

उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता आउँदो बुधबार (२४ असार मा) हुनेछ । यस्तै, प्राविधिक र प्रशासनिक सदस्य पदका लागि अनन्त मल्लिक, अनिलराज गौतम, आशिष शर्मा, जनार्दन भट्ट, ज्नानेन्द्र खतिवडा, दिपेन्द्र बहादुर शाह, नविन जि.सि., नारायण प्रसाद काफ्ले र विमल प्रकाश साह संक्षिप्त सूचीमा परेका छन् ।

बजार व्यवस्थापन सदस्य पदका लागि दयानाथ दास, विपिन चुहान, रमेश कुमार श्रेष्ठ र सुजिता श्रेष्ठको नाम शर्टलिस्टमा छानिएको छ । उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता आउँदो बिहीबार (२५ असारमा) हुनेछ ।

यता, लेखा तथा लेखापरीक्षण सदस्यका लागि ४ जना तथा कानुन सदस्य पदका लागि ६ जना शर्टलिस्टमा परेका छन् । लेखा तथा लेखापरीक्षण सदस्यका लागि ईन्द्रमणि पोखरेल, कविन्द्र दाहाल, क्षेत्र गोपाल प्रधान र हेमन्त राज रमाली शर्टलिस्टमा परेका छन् । कानुन सदस्यका लागि गणेश मान प्रधान, दिनेश कुमार अर्याल, निलम कुमार ओझा, प्रकाश मान बज्राचार्य, भीम बहादुर गुरुङ र विराज ध्वज थापा रहेका छन् । उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता आउँदो शुक्रबार (२६ असारमा) हुनेछ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८३ २१:१२