close

अनलाइन सट्टेबाजी तथा जुवाका २६ एप र २ लाख ४८ हजार डोमेन लिंक बन्द

टेकपाना टेकपाना

असार २१, २०८३ ७:१५

अनलाइन सट्टेबाजी तथा जुवाका २६ एप र २ लाख ४८ हजार डोमेन लिंक बन्द

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले १०० दिनको अवधिमा ठुलो सङ्ख्यामा अनलाइन सट्टेबाजी र जुवाका एप तथा डोमेन लिंकहरू बन्द गरेको छ । मन्त्रालयले सरकार गठन भएयता मन्त्रालयबाट भएको कार्य सम्पादन विवरण सार्वजनिक गर्दै नेपालभित्र सञ्चालनमा रहेका २६ वटा रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल २ लाख ४८ हजार ६७६ वटा डोमेन लिंकहरू बन्द गराइएको मन्त्रालयले जनाएको छ । 

नेपालको कानुन अनुसार अनलाइन सट्टेबाजी पूर्ण रूपमा अवैध मानिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ । तर पनि अनलाइन सट्टेबाजी र जुवा अनधिकृत प्लेटफर्महरू सक्रिय रहँदै आएका छन् । सरकारले गत १३ चैतमा १०० दिने कार्यसूची सार्वजनिक गर्दै यस्ता प्लेटफर्महरूलाई बन्द गर्न सुरु गरेको थियो । 

पछिल्लो अध्यावधिक: असार २१, २०८३ ७:१६