close

दुई दिनअघि मात्रै सार्वजनिक भएको सरकारको आधिकारिक मौसम एप डाउन

टेकपाना टेकपाना

असार ३०, २०८३ १८:५९

दुई दिनअघि मात्रै सार्वजनिक भएको सरकारको आधिकारिक मौसम एप डाउन

 

काठमाडौं । नेपाल सरकारले हालै सार्वजनिक गरेको आधिकारिक मौसम एप ‘नेपाल वेदर अफिसियल’ डाउन भएको छ । आइतबार गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध यो एपले काम गर्न छाडेको हो।

अहिले एप खोल्दा ‘कुड नट लोड वेदर’ (मौसम लोड हुन सकेन)  भन्ने सूचना देखिन्छ । यसमा भएका कुनै पनि फिचरले काम गरेका छैनन् ।

खासगरी मौसम पूर्वानुमान, उच्च भूभाग, तापक्रम, वर्षा, आर्द्रता, हावा, शहर पूर्वानुमान, देश पूर्वानुमान, साप्ताहिक, विन्दु, ३-दिने बुलेटिन, चेतावनी नक्सा, उपग्रह जस्ता सबै फिचर डाउन भएका हुन् । 

हाल देशभर मौसमको अवस्था प्रतिकूल रहेको र नागरिकलाई आधिकारिक सूचनाको खाँचो भएको समयमा सरकारको आफ्नै एप डाउन हुनुले प्रश्न उठाएको छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १८:५९