काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपालमा विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता परीक्षण र प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड नहुँदा बजारमा अन्योल सिर्जना भएको बताएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै नाइमाले ईभ...
