close

बागमती र लुम्बिनी प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

टेकपाना टेकपाना

चैत २३, २०८० १४:४२

बागमती र लुम्बिनी प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले लुम्बिनी र बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा फोरजी सेवामा सुधार गरेको छ । सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत यी क्षेत्रका सात जिल्लाका एक दर्जन बढी स्थानमा सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।

फोरजी सेवा सुदृढ भएका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली, थाहा लगायत छन् । त्यस्तै लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन, तिनाउ लगायत छन् ।

यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो ।

फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरुप एनसेलले गत माघमा मधेस र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको थियो ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १४:४४