close

सामसङ ग्यालेक्सी एम१४ नेपाली बजारमा, मूल्य १७ हजार

टेकपाना टेकपाना

बैशाख ५, २०८१ १८:५३

सामसङ ग्यालेक्सी एम१४ नेपाली बजारमा, मूल्य १७ हजार

काठमाडौं । नेपाली बजारमा सामसङको सस्तो मूल्यको स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ एलटीई सार्वजनिक गरेको छ ।

९० हर्ज रिफ्रेस रेट सहितको ६.६ इन्चको आईपीएस डिस्प्ले,५० मेगापिक्सेल मुख्य सेन्सर सहितको ट्रिपल रियर क्यामरा सेटअप, १३ मेगापिक्सेलको सेल्फी क्यामेरा, ५००० एमएएच ब्याट्री, क्वालकम स्न्यापड्रागन ६८० अक्टा-कोर प्रोसेसर र अन्य आकर्षक सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो फोन नीलो र गाढा नीलो गरी दुई रङमा उपलब्ध हुनेछ । जसको मूल्य ४/६४ जीबी भेरियन्टको १६,९९९ रुपैयाँ र ६/१२८ जीबीको २१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

सामसङले ग्राहकका लागि २५ वाटको सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउने छ । इन्स्टा फाइनान्स सेवामा शून्य प्रतिशत ब्याज दरका साथ किस्ताबन्दीमा समेत यो फोन किन्ने सुविधा छ । 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १९:३