काठमाडौं । उद्यमी वसन्त चौधरीले डेटा सेन्टर स्थापना गर्ने भएका छन् । भारतको हिरानन्दानी ग्रुपसँग मिलेर उनले नेपालमा डेटा सेन्टर स्थापना गर्न लागेका हुन् ।
यसका लागि चौधरी ग्रुप अन्तर्गतको उनको कम्पनी बीएलसी होल्डिङ र हिरानन्दानी ग्रुपको योट्टा डेटा सर्भिसबीच सहकार्य हुनेछ ।
आइतबारदेखि हुने लगानी सम्मेलनमा नेपालमा डेटा सेन्टर खोल्न बीएलसी ग्रुप र हिरानन्दानी ग्रुपबीच सम्झौता हुनेछ । नेपालमा डेटा सेन्टर स्थापनाको लागि साढे ३ अर्ब लगानी हुने बीएलसी होल्डिङले जनाएको छ ।
हिरानन्दानी ग्रुप एक प्रमुख व्यावसायिक समूह हो, जसले विभिन्न क्षेत्रहरूमा काम गर्दै आइरहेको छ । यसको मुख्य व्यवसाय उद्योग, वित्त, अचल सम्पत्ति, रियल स्टेट र अन्य क्षेत्रमा छ ।