close

एन्ड्रोइड प्रयोगकर्ताले पनि अब एक्सबाटै अडिओ तथा भिडिओ कल गर्न सक्ने

टेकपाना टेकपाना

माघ ६, २०८० १६:१

एन्ड्रोइड प्रयोगकर्ताले पनि अब एक्सबाटै अडिओ तथा भिडिओ कल गर्न सक्ने

काठमाडौं । अन्तत: एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत एक्समा अडिओ तथा भिडिओ कल फिचर उपलब्ध भएको छ । एक्सका डेभलपरमध्येका एक एन्रिक बार्रागानका अनुसार शुक्रबारदेखि यो फिचर उपलब्ध भएको हो ।

​एन्ड्रोइड प्रयोगकर्ताले एक्सको कल फिचर प्रयोग गर्न सबैभन्दा पहिले एप अपडेट गर्नुपर्छ । सम्पूर्ण फिचर प्रयोग गर्न भने सशुल्क एक्स प्रयोग गर्नुपर्ने बताइएको छ । सामान्य अर्थात् निःशुल्क प्रयोगकर्ताले कल गर्न नपाउने भएता पनि कल उठाउन भने सक्नेछन् । 

आईओएस प्रयोगकर्ताका लागि गत अक्टोबर महिनामै यो फिचर उपलब्ध भएको थियो । ्

आईओएस तथा एन्ड्रोइड दुवै प्रयोगकर्ताले ‘सेटिङ एन्ड सपोर्ट>सेटिङ एन्ड प्राइभेसी>प्राइभेसी एन्ड सेफ्टी>डाइरेक्ट मेसेज>इनेबल अडिओ एन्ड भिडिओ कलिङ’ मार्फत यो फिचर प्रयोग गर्न सक्नेछन् ।

हाल एक्सको प्रिमियम संस्करण चलाउन न्यूनतम ३ डलर शुल्क तोकिएको छ । तर मासिक १६ डलरसम्म तिरेर प्रिमियम प्लससमेत चलाउन सकिन्छ ।

यो फिचरबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित समाचार

अब एक्सबाटै अडिओ तथा भिडिओ कल गर्न सकिने

पछिल्लो अध्यावधिक: माघ ६, २०८० १६:२६