close

दूरसञ्चार प्राधिकरणलाई ३ अर्ब उपलब्ध गराउने सरकारको निर्णय

टेकपाना टेकपाना

कात्तिक ४, २०८१ १७:४१

दूरसञ्चार प्राधिकरणलाई ३ अर्ब उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले दूरसञ्चार ऐन २०५३ काे दफा ४५ (३) बमाेजिम प्राधिकरणलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्राधिकरणले आफ्नो कार्य सञ्चालन गर्न प्रत्येक आर्थिक वर्ष आफ्नो बजेट तयार पार्न लगाई स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

दूरसञ्चार ऐन बमोजिम कार्य सञ्चालन गर्नको लागि प्रत्येक वर्ष प्राधिकरणलाई दफा ४४ को उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिम प्राप्त भएको रकम नपुग भएमा नपुग जति रकम प्राधिकरणले नेपाल सरकारसँग माग गर्न सक्नेछ र त्यसरी नेपाल सरकारले उपलब्ध गराएको रकम बढी भएमा बढी भएजति रकम प्राधिकरणले नेपाल सरकारलाई बुझाउनु पर्नेछ । 

सम्बन्धित समाचार:

दूरसञ्चार प्राधिकरणले सरकारलाई बुझायो १४ अर्ब, कोष खोसिँदा निरन्तर खुम्चिँदै नियामकको बजेट

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८१ १७:४९