यातायात विभागले सवारी धनीलाई भन्योः इम्बोस्ड नम्बर प्लेट अनिवार्य, यथाशीघ्र जडान गर्नू
भदौ ३, २०८२ १२:४१
काठमाडौँ । यातायात व्यवस्था विभागले आउँदो १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । मङ्गलबार एक सचना जारी गर्दे विभागले सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा गत २० साउनमा बसेको विषयगत समितिको बैठको निर्णयअनुसार विभागले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्न लागिएको हो । उक्त बैठकमा प्रदेशमन्त्री तथा सचिवहरूको सहभागिता रहेको थियो ।
यस अनुसार सबै सवारी धनीहरूलाई यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १२:५५
