टेकपाना एक्सप्लेनरः सेवा सुरु नहुँदै बजार तताएको नयाँ इन्टरनेट कम्पनी एननेट
भदौ १६, २०८२ २२:५५
काठमाडौँ । १२ भदौ २०८२, बिहीबारका दिन एननेट (NNET) नामक कम्पनीले देशव्यापी इन्टरनेट सेवा सुरु गरेको घोषणा गर्यो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट हालै इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकको लाइसेन्स लिएको कम्पनी सेवा सुरु गर्न नपाउँदै विवादमा तानियो ।
नियामक प्राधिकरणले शुक्रबार कम्पनीलाई ट्यारिफ स्वीकृत नगराई सेवा सुरु गर्न नपाउने भन्दै पत्राचार गर्यो । सोही दिन बेलुकादेखि कम्पनीको वेबसाइट बन्द छ । यो कस्तो कम्पनी हो, सञ्चालक को हुन्, एक्कासि देशव्यापी नेटवर्क कसरी बनायो लगायतका विषयहरू बुझ्ने क्रममा टेकपानाले केही जानकारी संकलन गरेको छ, जसलाई यो एक्सप्लेनरको रूपमा प्रस्तुत गर्दैछौँ ।
कार्यालयदेखि कभरेजले देखाउने क्लासिक टेकसँगको सम्बन्ध
एननेटको नाममा प्राधिकरणबाट चार महिना अघि अर्थात् १५ वैशाख २०८२ मा मात्रै इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायक गरी दुई ओटा लाइसेन्स जारी भएका छन् । यो नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनीको कार्यालय, बजार उपस्थिति र कभरेजले अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकसँगको सम्बन्ध सतहमा ल्याउँछ । केही दिन अघिसम्म क्लासिक टेकको अफिस रहेको नयाँ बानेश्वर स्थित एभरेस्ट होटेलको पछाडिपट्टिको देवी टावरमा अहिले एननेटको कार्यालय छ । क्लासिक टेकको बोर्ड हटाएर एननेटको साइनबोर्ड टाँसिएको छ ।
टेकपानाले क्लासिक टेकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी बुझ्दा कम्पनीको प्रधान कार्यालय पुरानै स्थानमा रहेको बताइएको थियो । टेलिफोन कुराकानीका क्रममा कम्पनीका ग्राहक सेवा प्रतिनिधिलाई प्रधान कार्यालय रहेको भनिएको स्थानमा क्लासिक टेकको बोर्ड नभएर एननेटको बोर्ड देखिएको बताएपछि उनले त्यसैभित्र एक कुनाबाट क्लासिक टेकको अपरेसन सञ्चालन भइरहेको बताए ।
अहिले क्लासिक टेकका कतिपय कर्मचारीहरू क्लासिक टेक छोडेर नयाँ कम्पनी एननेटमा आबद्ध भएको पाइएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै देशभर कम्पनीको सेवा उपलब्ध रहेको भन्दै मूल्य सहितका विभिन्न प्याकेजहरू नै सार्वजनिक गरेको थियो । जसमा थप जानकारीका लागि कम्पनीको वेबसाइट हेर्न भनिएको थियो ।
तर वेबसाइट भिजिट गर्दा क्लासिक टेकको इन्टरनेट पहुँच जहाँ जहाँ छ, नयाँ इन्टरनेट सेवा प्रदायक एननेटको कभरेज पनि लगभग तिनै स्थानमा रहेको देखियो । जसअनुसार पूर्वमा दुवै कम्पनीको कभरेज झापाको बुधबारेसम्म मात्रै देखिन्छ ।
त्यस्तै पश्चिमतर्फ लुम्बिनीको कोहलपुर र नेपालगञ्जसम्म मात्रै क्लासिक टेकको सेवा उपलब्ध छ । एननेटको कभरेज म्यापमा पनि पश्चिममा सोही क्षेत्रसम्म सीमित भएको पाइयो । क्लासिक टेकको कभरेज म्यापका लागि यहाँ क्लिक गर्नुहोस् र त्यसको अर्काइभ लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस् ।
हेर्नुहोस्, प्रदेशगत रूपमा दुवै कम्पनीको कभरेज म्याप । जसमा क्लासिक टेकका शाखा कार्यालय छन् भने एननेटतर्फ सेवाको पहुँच क्षेत्र हुन् ।
Koshi Province |
|||
NNET Coverage |
ClassicTech Outlets |
NNET Coverage |
ClassicTech Outlets |
|
Bhutaha |
Bhutaha |
Birtamod |
Birtamod |
|
Chatrea |
Deurali |
||
|
Dhulaban |
Birtamod-Dhulabari |
Dulari |
|
|
Ilam |
Kalabanjar |
Kalabanjar |
|
|
Khanar |
Netachowk |
Biratnagar-Netachowk |
|
|
Biratchowk |
Biratchowk |
Budhabare |
Birtamod-Budhabare |
|
Chimdi |
Dewangunj |
Dewangunj |
|
|
Dudhe |
Haldibari |
Birtamod-Haldibari |
|
|
Itahari |
Itahari |
Karsiya |
|
|
Laxmi Chowk |
Panamara |
||
|
Biratnagar |
Biratnagar-Traffic Chowk |
Chakraghati |
Chakraghati |
|
Damak |
Damak |
Dharan |
Dharan |
|
Duhati |
Duhabi |
Harinagra |
Harinagra |
|
Jhumka |
Kerabari |
Kerabari |
|
|
Letang |
Letang |
Pathari |
|
|
Ramailo Bajar |
Biratnagar-Ramailo Bajar |
Puspalal Chowk |
Biratnagar-Puspalal Chowk |
|
Rani Mills Area |
Rangeli |
||
|
Tarahara |
Tarahara |
||
Madhesh Pradesh |
|||
NNET Coverage |
ClassicTech Outlets |
NNET Coverage |
ClassicTech Outlets |
|
Bardibas |
Dhalkebar |
Dhalkebar |
|
|
Parsauni |
Simara |
||
|
Birgunj |
Birgunj |
Janakpur |
|
|
Parwanipur |
Birgunj-Parwanipur |
Simrangadh |
Simrangadh |
|
Chapur |
Chapur |
Kalaiya |
Kalaiya |
|
Pokhariya |
Birgunj-Pokhariya |
Kopawa |
|
|
Lahan |
Lahan |
||
Bagmati |
|||
NNET Coverage |
ClassicTech Outlets |
NNET Coverage |
ClassicTech Outlets |
|
Chhetrapati |
Kalank |
Kalanki |
|
|
Chitwan |
Chitwan-Bharatpur |
Kavresthalli |
Kavresthali |
|
Bagmati Province |
Kirtipur |
Kritipur |
|
|
Balaju |
Balaju |
Lalitpur |
Lalitpur-Satdobato |
|
Banepa |
Banepa |
Lubhu |
Lalitpur-Lubhu |
|
Bastipur |
Mulpani |
||
|
Dhapasi |
Narayantar Center |
||
|
Bhandara |
New Baneshwor |
New Baneshwar |
|
|
Central Store |
Padam Pokhari |
||
|
Chabahil |
Chabahil |
Panauti |
Panauti |
|
Chanauli |
Chitwan-Chanauli |
Parsa |
|
|
Chapagaun |
Chapagaun |
Pepsicola |
Pepsicola |
|
Danchhi |
Suryabinayak |
Suryabinayak |
|
|
Furkechaur |
Tandi |
Chitwan-Tandi |
|
|
Gaidakol |
Thaiba |
Thaiba |
|
|
Gitanagar |
Chitwan-Gitanagar |
Thali |
Thali |
|
Gokarna |
Gokarna |
Thankot |
Thankot |
|
Golfutar |
Golfutar |
Thecho |
|
|
Hatiya |
Thimi |
||
|
Hattigauda |
Hetauda |
Hetauda |
|
Gandaki Province |
|
NNET Coverage |
ClassicTech Outlets |
|
Hemja |
Pokhara-Hemja |
|
Lamjung |
|
|
Lekhnath |
Lekhnath |
|
Pokhara |
Pokhara |
|
Rambazar |
|
Lumbini Province |
|||
NNET Coverage |
ClassicTech Outlets |
NNET Coverage |
ClassicTech Outlets |
|
Bethari |
Butwal |
Butwal-Chauraha |
|
|
Manigram |
Nepalgunj |
Nepalgunj |
|
|
Bhairahawa |
Bhairahawa |
Chhapiya |
|
|
Murgiya |
Butwal-Murgiya |
Palpa |
|
|
Bhalwari |
Bhalwari |
Dhagdhagi |
|
|
Nayagaun |
Pharsatikar |
Pharsatikar |
|
|
Tikuligadh |
Kohalpur |
Kohalpur |
|
टेकपानासँगको कुराकानीमा क्लासिक टेकका प्रबन्ध निर्देशक प्रमेश खरेलले एननेटले आफ्नो नेटवर्क-पूर्वाधार प्रयोग गर्ने कुरा चलिरहेको स्वीकार गरे । तर कम्पनी नै बिक्री भएको र रिब्रान्डिङ भएको कुरा भने उनले सोझै अस्वीकार गरे । “हाम्रो कार्यालय त्यहाँबाट अर्को ठाउँमा सार्ने कार्य भइरहेको छ,” उनले भने, “त्यसका लागि अझै १५/१६ दिन जति लाग्न सक्छ । एचआर र अकाउन्ट सेक्सन भने सारिसकेका छौँ ।”
कुन अवस्थामा छ क्लासिक टेक ?
क्लासिक टेकले १२ भदौ २०६७ मा इन्टरनेट सेवा र १६ चैत २०७० मा नेटवर्क सेवाको लाइसेन्स लिएको थियो । प्राधिकरणका अनुसार त्यसमध्ये इन्टरनेट सेवाको लाइसेन्स यही १२ भदौमा समाप्त भइसकेको छ । कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर, रोयल्टी र जरिबाना गरी सरकारलाई ३५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ ।
रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर नबुझाएकै कारण क्लासिक टेकको अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी अढाई वर्षदेखि रोकिएको छ । जसका कारण एयरटेलले कम्पनीलाई इन्टरनेट ब्यान्डविथ दिन बन्द गरिसकेको छ । जसका कारण कम्पनी हाल ब्यान्डविथका लागि एनसेलमाथि नै निर्भर छ ।
लाइसेन्स नवीकरणका लागि प्राधिकरण समक्ष निवेदन दिए पनि सो बक्यौता चुक्ता नगरी कम्पनीको लाइसेन्स नवीकरण हुने अवस्था छैन । अब प्राधिकरणले बक्यौताका लागि थप केही समय कुर्ने र त्यसपछि पनि चुक्ता गर्न नसके कम्पनीको लाइसेन्स खारेज गरेर सरकारी बाँकी सरह उठाउने बताएको छ ।
गएको असार मसान्तसम्मको तथ्याङ्क (एमआईएस) अनुसार क्लासिक टेकको नेटवर्कमा १ लाख ८७ हजार १३७ ग्राहक रहेको देखिन्छ । जसको आधारमा यो आईएसपी देशकै छैटौँ ठुलो इन्टरनेट कम्पनीमा पर्छ ।
तर, ब्रान्डिङ एनसेलको जस्तै
झट्ट हेर्दा यो नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनीको ब्रान्डिङ एनसेलको जस्तो छ । नाम समेत एनसेलकै ‘एन’बाट सुरु हुने र कम्पनीको वेबसाइटमा ग्राफिक्स, कलर र फन्ट स्टाइल लगायतको यूआई समेत एनसेलसँगै मिल्दोजुल्दो छ । यसबाट एनसेलकै आईएसपी कम्पनी बजारमा आएको आशङ्का हुन थालेसँगै कम्पनीको वेबसाइट भने अहिले बन्द छ । यद्यपि त्यसको इन्टरफेस यहाँ क्लिक गरेर अर्काइभमा हेर्न सकिन्छ । नयाँ इन्टरनेट कम्पनीले आफ्नो नाम एननेट (पर्पल) भनेर राखेको छ । पर्पल एनसेलकै ब्रान्ड कलर हो । इन्टरनेट कम्पनीले 'एननेट, सधैँ-सँगै' भन्ने नारा लिएको छ, जुन एनसेलकै ब्रान्ड प्रमिश ‘आज, भोलि, सँगसँगै’ (Today. Tomorrow. Together) र ‘सधैँ अन’सँग मिल्दोजुल्दो लाग्छ ।
करिब एक वर्ष अघि मात्र एनसेलले क्लासिक टेक खरिद गर्ने चर्चा बाहिरिएको थियो । त्यतिखेर एनसेलका एक उच्च अधिकारीले टेकपानासँगको कुराकानीमा क्लासिक टेकको सम्पूर्ण स्वामित्व खरिद गर्ने प्रक्रिया अघि बढेको र सम्झौता हुन भने बाँकी रहेको बताएका थिए । बिजमान्डु नामक बिजनेस अनलाइनले त झन् त्यतिखेर करिब ९० रुपैयाँ कित्ताका दरले एनसेलले क्लासिक टेक किनेको र त्यसका लागि प्रारम्भिक सम्झौता समेत भएको समाचार लेखेको थियो । यद्यपि त्यसको केही समयपछि एनसेलले उक्त समाचारको खण्डन गरेको थियो ।
यस किसिमको पृष्ठभूमीमा क्लासिक टेक एनसेलले नै खरिद गरेको हुनसक्ने लख यतिखेर धेरैले काटिरहेका छन् । तर चर्चाकै बिच एनसेलले भने आफ्नो ब्रान्ड दुरुपयोग भएको दाबी सहित गत शुक्रबार नै नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी दिएको प्राधिकरणका एक कर्मचारीले पुष्टि गरे । तर ट्रेडमार्क दुरुपयोगको उजुरी हेर्ने उद्योग विभागमा भने यस सम्बन्धी कुनै उजुरी दर्ता नभएको पाइएको छ ।
तल हेर्नुहोस्, क्रमशः एनसेल र एननेट कम्पनीको वेबसाइटको डिजाइन
आखिर कसको हो एननेट ?
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एननेटको सञ्चालकमा अरुण मल्ल नाम गरेका व्यक्ति छन् । उनी एनसेलका लगानीकर्ता सतिशलाल आचार्यका बालसखा समेत हुन् । सन् १९८६ तिर सेन्टजेभियर स्कुलबाट दुवैले सँगसँगै एसएलसी पुरा गरेको मल्ललाई नजिकबाट चिन्नेहरूले बताएका छन् । मल्लकी छोरी एनसेलमै जागिरे छिन् ।
मल्ल यसअघि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक रही सकेकी कामिनी राजभण्डारीका सहोदर भाइ समेत भएको बुझिएको छ । तर मल्लसँग भने सम्पर्क हुन सकेन । एडकोर्स प्रालि नामक उनको एउटा छुट्टै कम्पनी पनि छ । सोलार प्यानल, सोलार ब्याट्री, इन्भर्टर आदिको व्यापार गर्ने उक्त कम्पनीमा मल्ल आफै सीईओ छन् ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ ९:१२
