close

फेसबुक पोस्टमा ट्याप ट्याप गर्दा लाइक हुने, तपाईँलाई कस्तो लाग्यो फिचर ?

टेकपाना टेकपाना

मंसिर ५, २०८२ १७:५३

फेसबुक पोस्टमा ट्याप ट्याप गर्दा लाइक हुने, तपाईँलाई कस्तो लाग्यो फिचर ?

काठमाडौँ । के तपाईँले याद गर्नुभयो ? फेसबुकमा पनि इन्स्टाग्राममा जस्तै पोस्टमा डबल ट्याप गरेको भरमा नै लाइक हुने फिचर आएको छ नि ! नेपाली फेसबुक प्रयोगकर्ताहरूले पछिल्ला केही दिनदेखि डबल ट्याप गर्दा लाइक हुने फिचर आएको भन्दै सामाजिक सञ्जालहरूमा पोस्ट समेत गरिरहेका छन् । 

पहिला फेसबुक पोस्टको सबैभन्दा तल बायाँतर्फ रहेको लाइक बटनमा थिचेर थम्स अप अर्थात् लाइक गर्न मिल्ने सुविधा थियो । अहिले भने पोस्टमा दुई पटक छिटो छिटो थिचेको भरमा नै लाइक हुने फिचर थपिएको छ ।

पोस्टमा अन्य रियाक्सन गर्नका लागि चाहिँ नयाँ फिचर राखिएको छैन । फेसबुकमा भएको लभ, हाहा, वाउ, केयर, स्याड र एङ्ग्री रियाक्ट गर्न पहिले जस्तै लाइक बटनमा केही समय थिचेर नै रियाक्ट गर्नुपर्छ । 

यस्तै फेसबुक रिल्स र भिडिओहरूमा पनि डबल ट्याप गरेर नै लाइक गर्न सक्ने सुविधा थपिएको छ ।

हाल यो फिचर फेसबुक एपमा देखिएको छ । तर केही प्रयोगकर्ताले भने आफ्नो एपमा नयाँ फिचर उपलब्ध भइनसकेको बताएका हुन् । 

मेटाले आफ्ना सोसल मिडिया प्लेटफर्महरूमा प्रयोगकर्ताहरूलाई समान किसिमको अनुभव गराउन प्लेटफर्मका फिचरहरूलाई समान बनाउँदै आएको छ । तर यो नयाँ फिचरको बारेमा भने मेटाले आधिकारिक जानकारी दिएको छैन । 

यो नयाँ फिचरलाई प्रयोगकर्ताले पोस्ट र भिडिओ लाइक गर्नसक्ने थप सहज भएको र रियाक्सन भन्दा सामग्रीलाई प्राथमिकता दिन सकिने भन्दै मन पराइरहेका छन् । तर पछिल्लो पुस्तामा थम्स अप रियाक्टलाई मन नपराउने पनि धेरै छन् ।

इन्स्टाग्राममा डबल ट्याप गरेर लभ रियाक्ट गर्ने नयाँ पुस्ताले फेसबुकमा भने थम्प्स अप गर्न कत्तिको रुचाउँछन्, हेर्न बाँकी छ । अहिलेको पुस्ताले किन लाइक बटन मन पराउँदैन भन्ने बारेमा टेकपानामा प्रकाशित लेख पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १८:३७