close

ह्याकरको निशानामा परेको रवि लामिछानेको फेसबुक अकाउन्ट फिर्ता

टेकपाना टेकपाना

फागुन २०, २०८२ १८:१४

ह्याकरको निशानामा परेको रवि लामिछानेको फेसबुक अकाउन्ट फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक अकाउन्ट फिर्ता आएको छ । मंगलबार बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच (ह्याकिङ) को प्रयास गरेपछि सुरक्षा संवेदनशीलताका कारण मेटाले ‘लक’ गरिदिएको उनको आईडी पुन: सञ्चालनमा आएको हो ।

बुधबारदेखि एक पोस्ट गर्दै लामिछानेले आफ्नो फेसबुक अकाउन्ट पुनः नियन्त्रणमा आएको जानकारी दिए । “पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु,” उनले लेखेका छन् ।

यसअघि मंगलबार लामिछानेको सचिवालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहानैदेखि फेसबुक अकाउन्टमा ह्याकरहरूले आक्रमणको प्रयास गरेको जानकारी दिएको थियो । पटक-पटकको ह्याकिङ प्रयासपछि फेसबुकको मातृ कम्पनी मेटाले स्वतः सुरक्षा प्रक्रिया अपनाउँदै अकाउन्ट अस्थायी रूपमा बन्द गरिदिएको थियो ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १८:४७