close

नेपाली बजारमा बोल्ट ब्राण्डका स्मार्टवाच र इयरबड्स जगदम्बा मोबाइल्स प्रालिले भित्र्याउने

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १०:०

नेपाली बजारमा बोल्ट ब्राण्डका स्मार्टवाच र इयरबड्स जगदम्बा मोबाइल्स प्रालिले भित्र्याउने

काठमाडौं । नेपाली बजारमा भारतीय ब्राण्ड बोल्टका उत्पादन जगदम्बा मोबाइल्स प्रालिले भित्र्याउने भएको छ । शंकर ग्रुपको सहायक कम्पनी रहेको जगदम्बा नेपालका लागि बोल्टको आधिकारिक वितरक बनेको हो ।

नेपाली बजारमा बोल्टका स्मार्टवाच र टीडब्लूएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु उपलब्ध छन् । पछिल्लो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्सजस्ता वेरेबल उत्पादनको बजारलाई नयाँँ आयाम दिने विश्वास लिइएको छ ।

बोल्ट स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् । त्यस्तै इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडेलहरू छन् ।

उपभोक्ताले यी सबै मोडेल दराज लगायत जगदम्बा मोबाइल्सका आधिकारिक रिटेलरहरुमार्फत खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १०:१५