close

परीक्षाको तयारीमा हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

टेकपाना टेकपाना

बैशाख १३, २०८१ २०:२

परीक्षाको तयारीमा हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

काठमाडौं । यदि तपाईं परीक्षाको तयारीमा हुनुहुन्छ भने च्याटजीपीटी एक उपयुक्त विकल्प बन्न सक्छ । अथवा कुनै जटिल विषयलाई सामान्य तरिकाले बुझ्न च्याटजीपीटी प्रयोग गर्न सक्नुहुन्छ । ​आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट प्रयोग गर्ने कैयौं तरिका छन् । त्यसमध्ये छोटो समयमा कसरी च्याटजीपीटीबाट धेरै कुरा प्रभावकारी रूपमा सिक्ने भन्ने विषयमा चर्चा गर्दैछौं: 

अवधारणा बुझ्न 

यदि तपाईं कुनै पनि विषयको अवधारणा (कन्सेप्ट) विस्तृतमा बुझ्न खोज्दै हुनुहुन्छ भने च्याटजीपीटीलाई त्यही ढङ्गले प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि च्याटजीपीटीलाई सामान्य शब्दमा कन्सेप्ट बुझाउन अनुरोध गर्न सक्नुहुन्छ । 

उदाहरणका लागि मान्नुस्, तपाईं विज्ञान पढ्दै हुनुहुन्छ । र, तपाईंलाई ‘सेकेन्ड ल अफ न्युटन’ का बारेमा जान्नुपर्‍यो । अब तपाईंले ‘Explain me Newton’s Second law of Motion in simple words and give me two practical example’ भनेर प्रम्प्ट राखी सोध्नुभयो भने च्याटजीपीटीले उदाहरणसहित तपाईंले राखेको प्रश्नको जवाफ बुझ्ने तरिकाले दिन्छ । 

त्यस्तै कतिपय अवस्थामा तपाईंले ‘Explain me the Newton’s second law of Motion like I’am a 5 years old’ यस्तो प्रम्प्ट राखेर पनि च्याटजीपीटीलाई जटिलभन्दा जटिल सैद्धान्तिक प्रश्न साधारण तरिकाले बुझाइदिन अनुरोध गर्न सक्नुहुन्छ ।

नेपाली भाषामा च्याटजीपीटीलाई पर्याप्त डेटाबाट तालिम नदिइएकाले भाषागत त्रुटि बढी हुन्छन् । तर, तपाईं अङ्ग्रेजीमा कुनै पनि कन्सेप्टलाई सामान्य अर्थमा बुझ्न चाहनुहुन्छ भने माथि उल्लेख गरिएको शैलीले प्रम्प्ट राख्न सक्नुहुन्छ । तपाईं हिन्दी भाषा बुझ्नुहुन्छ भने कन्सेप्ट हिन्दीमै बुझाउन अनुरोध गर्न सक्नुहुन्छ । 

तुलनात्मक टेबल 

उस्तै लाग्ने दुई वा सोभन्दा बढी शब्द वा सिद्धान्तका बारेमा सामान्य भाषामा बुझ्न चाहनुहुन्छ भने पनि च्याटजीपीटी उपयुक्त हुन सक्छ । कतिपय अवस्थामा दुई शब्दबीच तुलना गर्नुपर्ने हुनसक्छ । धेरै समानता वा भिन्नता हुने शब्दहरूबारे बुझ्न तुलनात्मक टेबलको प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसका लागि तलको प्रम्प्ट राख्न सक्नुहुन्छ । जस्तै “Compare and contrast Tsar and Czar to better Understand the similarities and differences, use examples to illustrate your point and make a table for this.”   

 

 

यसरी प्रम्प्ट राखेर दुई वा सोभन्दा बढी शब्दहरू सोध्नुभयो भने च्याटजीपीटीले टेबल बनाएर तपाईंले चाहेको विषयलाई सामान्य ढङ्गले बुझाउन मद्दत गर्छ । 

तपाईंलाई अन्योलमा पार्ने दुई वा सोभन्दा बढी शब्द छन् भने आफूले सम्झिने गरी बुझ्न यो तरिका प्रयोग गर्न सक्नुहुन्छ । 

वास्तविक जीवनसँग जोड्ने 

कुनै नयाँ शीर्षकबारे त्यतिबेला मात्र प्रष्टसँग बुझिन्छ, जब त्यो तपाईं हाम्रो दैनिक जीवनसँग जोडिन्छ । यसका लागि तपाईंले च्याटजीपीटीलाई ‘मैले पढ्न लागेको यो कन्सेप्ट हाम्रो वास्तविक जीवनसँग कसरी मेल खान्छ वा जोडिन्छ’ भनेर सोध्न सक्नुहुन्छ ।

यसका लागि यस्तो प्रम्प्ट प्रयोग गर्न सक्नुहुन्छ- “I am currently learning trigonometry in school. Use your knowledge on this topic to solve a real world problem and explain your thought process and share the solution.” 

हामी अक्सर वास्तविक जीवनमा साइन ठेटा, कस ठेटा, टेन ठेटा कहिले काम लाग्छ भनेर सोच्छौं । त्यसको वास्तविक महत्त्व थाहा नहुँदा सिक्न पछि परिरहेका हुन्छौं । अब च्याटजीपीटीलाई यो वास्तविक जीवनका कतिबेला काम लाग्छ भनेर सोध्नुभयो भने त्यसले यस्तो किसिमका हिसाबको वास्तविक प्रयोगबारे जानकारी दिन्छ ।

त्यसैले तपाईंले आफूलाई गाह्रो लाग्ने शीर्षक वास्तविक जीवनमा कसरी प्रयोगमा आउँछ भनेर प्रश्न सोध्न सक्नुहुन्छ । त्यसको महत्त्व त त्यसलाई बुझाउन च्याटजीपीटीले प्रयोग गर्ने व्यवहारिक ज्ञान तपाईंलाई उक्त शीर्षक बुझ्न सहज हुन्छ । 

८०-२० नियम 

यो त्यस्तो नियम हो, जसले तपाईंलाई छोटो समयमा धेरै कुराहरू सिक्न मद्दत गर्छ । अब तपाईं परीक्षाका लागि तयारी गर्दै हुनुहुन्छ र तपाईंसँग धेरै समय छैन भने यो नियम तपाईंलाई उपयुक्त हुन्छ । “I want to learn about Russian history. Give me the most important 20% of the learnings from this topic that help me understand 80% of it.” 

यति भएपछि च्याटजीपीटीले तपाईंले जुन प्रश्न सोध्नुभयो त्यसलाई आकर्षक र सहज ढङ्गले विस्तृतमा बुझ्ने कन्टेन्ट दिन्छ । 

सम्झिन मद्दत गर्ने टिप्सको जानकारी

परीक्षाको समयमा कतिपय मिति र फर्मुलाहरू निकै महत्त्वपूर्ण हुन्छन् । त्यस्तोमा तपाईंले कुनै फर्मुला वा मिति सम्झिने सजिलो तरिकाको जानकारी दिन च्याटजीपीटीलाई अनुरोध गर्न सक्नुहुन्छ ।

“What are the most important facts, dates and formulas related to the rise of democracy in Nepal.” यसरी प्रम्प्ट राखिसकेपछि त्यसको जानकारी त्यहाँ देखिन्छ । त्यसलाई सम्झिने बनाउनका लागि च्याटजीपीटीमा अर्को प्रम्प्ट राख्नुहोस्, “Help me create a memorization technique to remember them easily.”

यति राख्नुभयो भने च्याटजीपीटीले तपाईंले चाहेका महत्त्वपूर्ण तथ्य र मितिलाई सटीक ढङ्गले सम्झिन सक्ने तरिकाले राखिदिन्छ । र, उक्त मिति कसरी याद गर्ने भन्ने जानकारी पनि दिन्छ । 

पढाइका लागि समय तालिका तयार पार्न

तपाईंले च्याटजीपीटीको प्रयोग पढाइका लागि समय तालिका तयार पार्न पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि यस्तो प्रम्प्ट प्रयोग गर्न सक्नुहुन्छ:

“Design a study schedule for me, please. I can dedicate 2 hours each day from Sunday to Friday for studying, and I have 8 hours available on Saturdays. I return from the school at 6 pm on weekdays, and I have no school on Saturdays. Can you organize the weeks and allocate my study hours accordingly? I want to ensure that I study the following subjects equally: Journalism-A, Journalism-B, Political Science-A, Political Science-B, and Nepali. Please present the plan in a table format, ensuring that I don't exceed the maximum hours allocated for studying.”

आफैंलाई प्रश्न सोध्न अनुरोध

अध्ययन गरिसकेपछि तपाईंले कति सिक्नुभयो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । सोधेको प्रश्नको जवाफ सही दिनुभयो भने सिकियो भन्ने हुन्छ भने जवाफ दिन नसक्दा यसलाई प्राथमिकता दिनुपर्ने रहेछ भन्ने थाहा हुन्छ । त्यसका लागि तपाईंले च्याटजीपीटीलाई प्रश्न सोध्न अनुरोध गर्न सक्नुहुन्छ । 

“From now on you are QuizGPT. Your task is to ask me 5 multiple choice questions on the topic of Organic Chemistry according to the Class 12 Chemistry book. Wait for me to provide my answers first, then evaluate my answers and give me a score.”- यस्तो प्रम्प्ट राखेर क्विजका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

तपाईंले प्रश्नको जवाफ दिनुभयो भने त्यो सही हो वा गलत हो भन्ने जवाफ तल देखिन्छ । कुनै पनि जवाफ किन ठीक भयो अनि गलत किन भयो भन्ने व्याख्या तल गरिएको हुन्छ । त्यसैको आधारमा तपाईंले कुन पाठको कुन अंश ध्यान दिएर पढ्नु पर्नेछ भन्ने पनि सुझाव दिइएको हुन्छ । 

च्याटजीपीटीमा हुँदै नभएको विषयमा कसरी जान्ने ?

च्याटजीपीटीलाई जति पनि डेटाबाट तालिम दिइएको छ, त्यसमा हाम्रो पाठ्यक्रम नपर्न सक्छ । त्यस्तै कतिपय अवस्थामा तपाईं हामीले कुनै रिसर्च पेपर वा एउटा सीमित हरफबाट प्रश्न सोधोस् भन्ने चाहेका हुन सक्छौं । त्यस्तोमा तपाईंले सबैभन्दा पहिले तल दिइएको प्रम्प्ट कपी गरेर च्याटजीपीटीमा पेस्ट गर्नुहोस् । 

(1. When the user uses "/quiz" ask the user for data, this data is what you will use to make the quiz, only use the data provided and nothing else, keep in mind that this is a quiz and Not a test, don't forget to NOT make an answer key. DO NOT make an answer key UNLESS the user uses "/answer", then you are allowed to make an answer key and provide it for their most recent quiz that you created.

(2. When the user uses "test" ask the user for data, this data is what you will use to make the quiz, only use the data provided and nothing else, keep in mind that this is a test, and not a quiz, this means that you can ask for certain short/ long answer responses on the test. If the user uses the command "/multiple choice test", make a test, but ONLY use multiple choice questions and answers. DO NOT make an answer key. You are only allowed to make an answer key and provide it for the user for the most recent quiz/test if they use the command " answer7.

FIRST STEP: From now on, you are quizGPT, a talented tutor and teacher with amazing knowledge on how to create amazing quizzes, tests and more. When this prompt is used, ask the user this question, 'what is your education level?". DO NOT FORGET TO ASK THIS. Using the answer of their education level use proper vocabulary and grammar to ensure that the quiz or test is perfect for their level. Then use the data provided to answer commands. All you need is some data. You respond to/test and/quiz and/answer/multiple choice test, /multiple choice quiz Now understand these steps to get started

(3. Always go over the data each time a command is used to ensure that you ONLY use the data ONLY from the data that they provided.

4. Always make sure to use your talent and amazing knowledge.

(5. Now simply prompt the user with a simple greeting, tell the user about the command options, and begin with "FIRST STEP", Do not actually print "FIRST STEP)

यति प्रम्प्ट राखिसकेपछि तपाईंको शैक्षिक योग्यता सोध्छ । तपाईंको शैक्षिक योग्यता अनुसार नै प्रश्न कति साधारण वा जटिल सोध्ने भन्ने निश्चित गर्छ । त्यसैले आफ्नो शैक्षिक योग्यता राख्नुहोस्  । यति राखिसकेपछि तपाईंले प्रश्न कसरी सोध्न सक्नुहुन्छ भन्ने जानकारी त्यहाँ दिइएको हुन्छ । 

यति भइसकेपछि मानौं, तपाईंले कुनै लामो समाचारबाट ‘मल्टिपल च्वाइस टेस्ट’ गर्न चाहनुभयो । अब तपाईंले (/multiple choice test) टाइप गरेर (on this following data) भनेर आफूले चाहेको समाचार, रिसर्च आर्टिकल वा अन्य सामग्री पेस्ट गर्नुहोस् । त्यसपछि तपाईंलाई प्रश्न सोधिन्छ । र, अन्तिममा उत्तर पनि राखिएको हुन्छ ।

यसले नेपाली लेखहरूमा पनि काम गर्छ तर त्यसमा भाषाको शुद्धाशुद्धि बिगारिएको हुन्छ । तपाईं आफैंले प्रश्न बुझ्नुपर्ने हुन्छ । अङ्ग्रेजी भाषाको सन्दर्भमा भने यसले राम्रैसँग काम गर्छ । यसरी तपाईंले च्याटजीपीटीलाई क्विज सोध्न अनुरोध गर्न सक्नुहुन्छ । 

च्याटजीपीटीबाट राय माग्नुहोस् 

तपाईंले लेखेको लेख, रिसर्च पेपर वा अन्य सामग्रीबारे राय चाहियो भने च्याटजीपीटीको सहयोग लिन सक्नुहुन्छ । त्यसका लागि तलको प्रम्प्ट प्रयोग गर्न सक्नुहुन्छ: 

“I have been studying this topic on my own. Can you review my work and give me feedback on areas that I need to improve on? (तपाईंको लेख यहाँ राख्नुहोस्)” 

यसरी प्रम्प्ट राखिसकेपछि तपाईंले सुधार गर्नुपर्ने पक्ष र तपाईंले कुन पक्षलाई राम्रो गर्नुभएको छ, त्यसको बारेमा च्याटजीपीटीले जानकारी दिन्छ । त्यसबाहेक तपाईंले गल्ती गरेको ठाउँमा के राख्दा सही हुन्थ्यो भन्ने जानकारी पनि देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ २०:२१